माईखोलाले बगाएर माङसेबुङका थेगिमको मृत्यु

इलाम : नुहाउने क्रममा माईखोलाले बगाएर एक जनाको मृत्यू भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका-५ का २८ वर्षीय चन्द्रबहादुर थेगिमको माईखोलाले बगाएर मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे १० बजे परिवारसहित माईखोलामा पुजा गर्न गएको र पुजा गर्नुअगाडी खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउँदा थेगिमको मृत्यु भएको प्रहरीले जनाएको छ ।ब

माई नगपालिका ६ स्थित सेतीखरे भन्ने ठाउँमा नुहाउन पसेका थेगिमलाई खोलाले बगाएर माई नगरपालिका ७ स्थित तमाखेमा भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार