शुक्रवार इलाममा थप पाँच जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४० पुग्याे

इलाम : इलाममा शुक्रवार थप पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाईरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । यससँगै इलाममा  कुल संक्रमितको संख्या ४० पुगेको छ ।

संक्रमित हुनेमा  इलाम नगरपालिकाको सदरमुकाम स्थित शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरी रहेका शसस्त्र प्रहरीको एक नम्बर गणका प्रमुख सुधिर जँग थापाले बताए ।

साउन ११ गते श्वाव संकलन गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको गणका थापाले बताए ।

आज थपिएसंगै संक्रमित सशस्त्र प्रहरीका जवान मात्रै १० जना पुगेका छन् । यस अघि पाँच जनामा संक्रमण पुष्टि भईसकेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार