इलाममा एकैदिन थपिए नौ जना कोरोना संक्रमित

इलाममा :  इलाममा आईतबार नौ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै इलाममा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । ६ जना सुरक्षाकर्मि सहित अन्य तीन जनामा कोरोना पुष्टि भएको हो ।
भरतबाट आई इलाम नगरपालिकाको क्वारेन्टाइनमा रहेका इलाम नगरपालिका–६का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको छ । त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि गणबाट नियमीत गस्ति नहुने भएको छ । सशस्त्र प्रहरीको गणपति रोशन श्रेष्ठले गणमा उच्च शुरक्षा सर्तकर्ता अपनाईएको जानकारी दिए   । संक्रमित सवैलाई उपचारको लागि पठाउने तयारी भइरहेको छ । इलामबाट सशस्त्र प्रहरीका १२ जना सहित ५६ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणको लागि पठाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार