भरुवा बन्दुक पड्किएर एकजनाको ज्यान गयो

उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिका-५ जातेमा भरुवा बन्दुक पड्किएर एकजनाको ज्यान गएको छ ।

आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा स्थानीय विद्याराज राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहालले बताए ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको टोली घटनास्थलमा पुगेकाे प्रहरी उपरीक्षक दाहालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार