इलाम : इलाम सकृय युवा संचारकर्मी सुजन तिमसिना पुरस्कृत भएका छन् । सन्दकपुर गाउँपालिकाले पत्रकारिता तथा वृतचित्र निर्माण गरी प्रचारपसारमा महत्वपुर्ण योगदान दिएको भन्दै निति तथा कार्यक्रम सार्वजनिक समारोहमा जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालले नगद १० हजार हस्तान्तरण सहित सम्मान गरेका थिए ।
आर्थिक बर्ष २०७५÷०७६ मा तिमसिनाको निर्देशनमा बनेको सन्दकपुर गाउँपालिकाको वृतचित्र विइ विल राइज फाउन्डेसनको प्रतियोगितामा मस्ट पोटेन्सियल डेस्टिनेशन अवार्ड पाएको थियो । तिमसिना नेपाल टेलिभिजनका इलाम सम्बादाता हुन ।
त्यसैगरी १३ औ सागमा स्वर्ण विजेता नेपाली पुरुष फुटबल टोलीका सदस्य छिरिङ गुरुङ र कास्य विजेता विजय बुर्जालाई सम्मान गरिएको छ । सन्दकपुर–५ निवासी गुरुङलाई ५० हजार र वडा नं ३ निवासी बुर्जालाई २० हजार सहित सम्मान गरिएको हो । वातावरण संरक्षणको क्षेत्रमा योगदान दिएको भन्दै भेडिचोक सामुदायिक वनलाई नगद ५० हजार सहित सम्मान गरिएको छ । ५ वटै वडाका उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान गरिएको छ ।