‘ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो, नेकपा गम्भीर सङ्कटमा छ’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरेका छन् ।

पार्टीभित्रको अन्तर्विरोध बढ्दै जाँदा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको र यसले कम्युनिस्ट आन्दोलन थप धरापमा परेको प्रचण्डको भनाइ छ । काठमाण्डौमा भएको कार्यक्रममा प्रचण्डले ओलीको एकलौटीपनले नेकपामा विवाद आएको पनि बताए ।

पार्टीको अनुमति विपरीत आफूखुसी काम गर्दा सरकार बदनाम भएको आरोप लगाउँदै प्रचण्डले पार्टीको सक्रियताले भएका राम्रा कामको जस ओली एक्लैले लिन खोज्दा पार्टी फुटको खतरामा रहेको बताए ।

पार्टीकै निर्देशन र पहलमा नेपालको नयाँ नक्सा प्रकाशित गरे पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफैले मात्रै गरेको र अरुलाई दलाल भन्दै हिँडेको भन्दै प्रचण्डले आपत्ति पनि जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार