बेवारिसे शव भेटियो

इलाम : इलामको माईखोला किनारमा एक बेवारिसे शव फेला परेका छन् । नगरपालिका वडा नम्बर ८ स्थित माईखोला नामसालिङ जाने पक्की पुल नजिक खोला किनार पुरुष मृत अवस्थमा फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान करिब १० बजे अन्दाजी ३०/३२ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । टाउको र निधारमा निल डाम चोट लागेको, हातको दाहिने नाडिमा रातो पहेलो डोरा बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर (बुटी) लगाएको ५ फिट ७ ईन्च उचाई भएको, रातो वर्णको, तालुमा पातलो केश भएको शव फेला परेको हो ।

उनको हालसम्म नाम थर वतन खुल्न नसकेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

शव पोष्टमार्टमको लागि इलाम अस्पताल इलाम ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार