इलाम : इलाममा आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको क्वारेन्टिनका ३३ र ३७ वर्षिय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताए ।
४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको जनाइएको छ ।
यो सँगै इलाममा संक्रमितको संख्या २६ पुगेको छ । संक्रमित मध्ये २२ जना पुरुष र ४ जना महिला रहेका छन । संक्रमित दुवैजनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा लागिने भएको छ । संक्रमित १२ जना निको भएर घर फर्किएका छन ।