इलाम सहित पाँचथर र ताप्लेजुङमा सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिधुत उत्पादन ठप्प

  नयाँ बुलन्द
0 Shares

इलाम :  पुर्बी पहाडि जिल्लामा बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो ।

काबेली करिडोर प्रसारणलाइन आयोजनाले दिएको जानकारी अनुसार कतिपय आयोजनाबाट विद्युत उत्पादन बन्द भएको र केही आयोजनाले कम मात्रै बिजुली उत्पादन गरेको बताईएको । सोमबार दिउँसोदेखि इलामका आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ ।

पाँचथरमा सञ्चालित विभिन्न आयोजनाहरुबाट उत्पादन भएको बिजुली घटेको छ । पाँचथरमा ३७ मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो । अहिले आठ मेगावाट मात्रै उत्पादन भएको छ ।

पाँचथर र ताप्लेजुङको सिमामा पर्ने काबेलीका विभिन्न आयोजनाबाट ४० मेगावाट बिजुली उत्पादन हुँदै आएको थियो। तर अहिले त्यो उत्पादन घटेर ३५ मेगावाटमा सीमित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार