लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा कहिले स्तरोन्नति भएको हो ?

 विक्रम संवत् २०७७ असार १८ (सन् २०२० जुलाई २)
– विश्व बैङ्कले सन् २०२० जुलाई २ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल न्यून मध्यम आय भएको मुलुकमा फड्को मारेको हो ।
– विश्व बैङ्कले एक हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा वर्गीकरण गरेको छ ।
– सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९६० डलर रहेकोमा सन् २०१९ मा एक हजार ९० डलर पुगेपछि न्यून मध्यम आयको मुलुक भएको हो ।
– विश्व बैङ्कले पछिल्लोपटक एक हजार ३६ डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून आय, एक हजार ३६ देखि चार हजार ४५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय, चार हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई उच्च मध्यम आय र सोभन्दा माथि आय भएका मुलुकलाई उच्च आय (यद्यपि प्रतिव्यक्ति आयको यो सीमा विभिन्न समयमा फेरिने) भएका मुलुकका रूपमा वर्गीकरण गरेको छ ।
– दक्षिण एसियाली मुलुकमा माल्दिभ्स उच्च मध्यम आय भएको मुलुकमा परेको ।
– भारत, पाकिस्तान, भुटान र बङ्गलादेश न्यून मध्यम आय भएका मुलुकमा परेका । दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तानमात्र न्यून आय भएका मुलुकमा परेको ।

२. नेपाली शिक्षा परिषद्द्वारा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित (२०७७ मा) स्रष्टा को हुनुहुन्छ ?

 मुकुन्द शर्मा चालिसे
– एक लाख २५ हजार रुपियाँ रहेको यो पुरस्कार २०५२ देखि प्रदान गरिँदै आएको ।
– पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने ।

३. विसं २०७७ मा प्रदान गरिने (नेपाली शिक्षा परिषद्द्वारा) गोपाल पाँडे ‘असिम’ पुरस्कारबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ?

 ज्ञानबहादुर बगाले
– नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पु¥याउनुहुने म्यान्मारनिवासी बगालेलाई सो पुरस्कारबाट सम्मानित गरिएको नेपाली शिक्षा परिषद्ले जनाएको ।
– ५० हजार रुपियाँ रहेको यो पुरस्कार २०५० सालदेखि प्रदान गरिँदै आएको ।

४. मानव विकास सूचकाङ्कको प्रतिपादन कसले गरेका हुन् ?

 अर्थशास्त्री महबुब उल हक

५. आयुर्वेदका प्रवर्तक को हुन् ?

 धनवन्तरी
– नेपालमा कार्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिएको ।
– विसं २०५६ देखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको ।

६. आयुर्वेद कुन वेदको उपवेद हो ?

 अथर्ववेद
– विश्वकै प्राचीन चिकित्साविज्ञान आयुर्वेद इशापूर्व तीन हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ ।
– आयुर्वेद उपचार विधिमात्र नभएर मानव जीवनका खानपिन, आहारविहारलाई निर्दिष्ट गर्ने विज्ञान हो, जसले मानवको शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ ।

७. रूसमा हालै सम्पन्न जनमतसङ्ग्रहमा संवैधानिक सुधारको पक्षमा कति प्रतिशत मत प्राप्त भयो ?

 ७७.९२ प्रतिशत (सन् २०२० जुलाई)
– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्ग प्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमतसङ्ग्रहमा ठूलो बहुमत प्राप्त भएको ।
– रूसी केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका ।
– राष्ट्रपति पुटिनको वर्तमान कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदै छ । पछिल्लो जनमतसङ्ग्रहले पुटिनलाई अरू दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुन मार्ग प्रशस्त गरेको छ ।

८. हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुने गर्छ ?

 २१

९. विसं २०७७ जेठ १५ मा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत बजेटको राशि कति रहेको छ ?

 रु. १४ खर्ब ७४ अर्ब ६४ करोड
– यो बजेट चालु आवको सुरु बजेटको तुलनामा ५८ अर्ब ३२ करोड रुपियाँले कम रहेको । बजेटमा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार विकास तथा स्वास्थ्य सेवा विस्तार, आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना तथा कृषिलाई विशेष प्राथमिकता दिइएको । कुल विनियोजित बजेटमा चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत), पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपियाँ (११.७ प्रतिशत) विनियोजन गरिएको । आव २०७७÷०७८ मा सरकारले आठ खर्ब ८९ अर्ब ६२ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको । वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपियाँ सङ्कलन गर्ने सरकारी लक्ष्य रहेको ।

आय राजस्व ः ८ खर्ब ८९ अर्ब ६२ करोड (६१ प्रतिशत)
वैदेशिक ऋण ः २ खर्ब ९९ अर्ब ५० करोड (२० प्रतिशत)
आन्तरिक ऋण ः २ खर्ब २५ अर्ब (१५ प्रतिशत)
वैदेशिक अनुदान ः ६० अर्ब ५२ करोड (४ प्रतिशत)
व्यय चालु खर्च ः ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत)
विकास खर्च ः ३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत)
वित्तीय व्यवस्थापन ः १ खर्ब ७२ अर्ब ७९ करोड (११.७ प्रतिशत)
तहगत सङ्घ ः ११ खर्ब १२ अर्ब १ करोड (७५ प्रतिशत)
प्रदेश ः ९९ अर्ब ८७ करोड (७ प्रतिशत)
स्थानीय तह ः २ खर्ब ६२ अर्ब ७५ करोड (१८ प्रतिशत)

– शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र यातायात पूर्वाधारमा गत वर्ष र यो वर्षको बजेट विनियोजन
आ.व. २०७६÷७७ आ.व. २०७७÷७८
शिक्षा १ खर्ब ६३ अर्ब ७५ करोड १ खर्ब ७२ अर्ब १९ करोड
स्वास्थ्य ७८ अर्ब ४० करोड १ खर्ब १५ अर्ब ६ करोड
कृषि तथा वन ७९ अर्ब ८२ करोड ९० अर्ब ६७ करोड
रोजगार कार्यक्रम ५ अर्ब ३९ करोड ११ अर्ब ६० करोड
यातायात पूर्वाधार ८५ अर्ब ४७ करोड १ खर्ब ६२ अर्ब ४० करोड
प्रदेश ९९ अर्ब ८४ करोड ९९ अर्ब ८७ करोड
स्थानीय तह २ खर्ब १३ अर्ब ८२ करोड २ खर्ब ६२ अर्ब ७५ करोड

१०. विश्व बैङ्कद्वारा विसं २०७६ कात्तिक ७ मा सार्वजनिक डुइङ बिजनेस प्रतिवेदन २०२० अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 ९४औँ
– प्रतिवेदनमा नेपाल १९० देशमध्ये ९४औँ स्थानमा रहेको । सन् २०१९ मा नेपाल ११०औँ स्थानमा थियो ।
– विश्व बैङ्कले विभिन्न १० सूचकलाई आधार मानेर स्थिति निर्धारण गरेको ।
– १० सूचकमध्ये ऋण प्राप्तिमा नेपाल ३८औँ, अन्तरदेशीय व्यापारमा ६०औँ, साना लगानीकर्ताको सुरक्षामा ७९औँ र समस्या समाधानमा ८७औँ स्थानमा रहेको ।
– प्रतिवेदनअनुसार निर्माण अनुमतिको प्रक्रियामा नेपालले १०७औँ स्थान प्राप्त गरेको ।
– सम्झौता कार्यान्वयनसम्बन्धी सूचकमा नेपाल १५१औँ स्थानमा रहेको ।
– व्यवसाय सञ्चालनको वातावरणमा नेपाल दक्षिण एसियाली मुलुकमध्ये तेस्रो स्थानमा रहेको । यो सूचीको सबैभन्दा अगाडि भारत (६३ औँ) र दोस्रोमा भुटान (८९औँ) रहेको ।

११. ओपन गभर्नमेन्ट पार्टनरसिप (ओजीपी) अभियान कहिलेदेखि सुरु भएको हो ?

 सन् २०११ सेप्टेम्बर
– (सन् २०११ सेप्टेम्बरमा अमेरिका, मेक्सिको, ब्राजिल, बेलायत, नर्वे, दक्षिण अफ्रिका, फिलिपिन्स र इन्डोनेसियाले यो अभियान सुरु गरेका ।)

१२. चीन र दक्षिण एसिया साहित्य सम्मेलन पहिलोपटक कहाँ आयोजना गरियो ?

 चीन (सन् २०१७)

१३. भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म खाना पकाउने ग्यास आपूर्तिका लागि पाइपलाइन निर्माण कार्यको थालनी कहिले गरिएको हो ?

 विसं २०७६ कात्तिक ९

१४. नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था कहिले भएको हो ?

 विसं २०७६ कात्तिक १३

१५. पछिल्लो समय पशुपति र स्वयम्भूका बाँदरमा देखापरेको नयाँ ब्याक्टेरिया कुन हो ?

 क्याम्पिलो

१६. प्रोटोकल १८ केसँग सम्बन्धित छ ?

 मानवअधिकार

१७. विश्वकै सबैभन्दा अग्लो मूर्ति कहाँ निर्माण गरिएको छ ?

 गुजरात, भारत
– उक्त मूर्तिको उचाइ १८२ मिटर रहेको ।
– भारतीय स्वतन्त्रता सेनानी बल्लभ भाइ पटेलको सो मूर्तिलाई ‘द स्टाच्यु अफ युनिटी’ भनी चिनिने ।
– मूर्तिको उद्घाटन सन् २०१८ अक्टोबर ३१ मा गरिएको ।

१८. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सम्मानित हुने पहिलो व्यक्तित्व को हुनुहुन्छ ?

 डा. सन्दुक रुइत

१९. प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा कहिले निर्विरोध निर्वाचित हुनुभएको हो ?

 विसं २०७६ माघ १२
– नेपालमा हालसम्मका आठजना सभामुख ः कृष्णप्रसाद भट्टराई, दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा ।

२०. सन् २०२० मार्चमा प्रदान गरिएको इन्टरनेसनल कम्युनिकेसन अवार्डबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ?

 लक्ष्मणदत्त पन्त

२१. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ?

 नेपाल (सन् २०२० मार्च)
(एसिया प्यासिफिक क्षेत्रको ४५औँ सम्मेलनमा तीन सय विदेशी पाहुनासहित चार सयजनाको सहभागिता रहेको ।)

२२. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यका लागि सुरक्षाकर्मी पठाउने मुलुकमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 चौथो

२३. एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन् ?

 कुशल मल्ल
(कुशलले विसं २०७६ माघ २५ मा अमेरिकाविरुद्धको खेलमा सर्वाधिक कम उमेर (१५ वर्ष ३४० दिन) मा सो रेकर्ड कायम गरेका । नेपालकै अर्का युवा खेलाडी रोहित पौडेलको कीर्तिमान कुशलले भङ्ग गरेका ।)

२४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’ को उद्घाटन कहिले गरियो ?

 विसं २०७६ फागुन ८

२५. सबै जिल्लामा स्वास्थ्य बीमा लागू गर्ने पहिलो प्रदेश कुन हो ?

 सुदूरपश्चिम प्रदेश

२६. लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिलेदेखि सुरु भएको हो ?

 सन् १९९१

२७. अन्तरीक्षमा सँगै हिँडी कीर्तिमान कायम गर्ने दुई महिला अन्तरीक्ष यात्री को–को हुन् ?

 नासाका अन्तरीक्ष यात्री क्रिस्टिना कोक र जेसिका मिअर

२८. सन् २०१९÷२० को विस्डन क्रिकेटर अफ द इयरको उपाधि जित्ने क्रिकेटर को हुन् ?

 इङ्ग्ल्यान्डका अलराउन्डर वेन स्टोक्स
– स्टोक्सले भारतका कप्तान विराट कोहलीको वर्चस्व तोड्दै सो उपाधि हात पारेका ।
– कोहलीले पछिल्ला तीन वर्षदेखि लगातार यो उपाधि जित्दै आएका थिए ।
– गत वर्ष इङ्ग्ल्यान्डलाई पहिलोपटक एक दिवसीय विश्वकप उपाधि दिलाउन स्टोक्सले महŒवपूर्ण भूमिका खेलेका थिए ।
– स्टोक्सले सन् २०२० जनवरीमा आईसीसीले प्रदान गरेको वर्ष खेलाडीको पुरस्कारसमेत जितेका थिए ।
– विश्व क्रिकेटकै सबैभन्दा पुरानो पत्रिका विस्डनले स्टोक्सलाई सम्मान गर्नु पछाडि विश्वकप र एसेज सिरिजमा उनको प्रदर्शनलाई नै आधार मानेको उल्लेख गरेको ।

२९. अमेरिकी बिजनेस म्यागेजिन फोब्र्सद्वारा सन् २०२० अप्रिलमा सार्वजनिक ३० वर्षमुनिका विश्वका ३० युवाको सूचीमा पर्न सफल छ नेपाली युवा को–को हुन् ?

 प्रतिमा शेर्पा, शुभाङ्गी राणा, जसलिना राणा, रोहित तिवारी, निकिता आचार्य र किरण तिमल्सिना ।

३०. विश्वकै दोस्रो अग्लो बन्जी जम्पको निर्माण कहाँ गरिएको छ ?

 कुश्मा–बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्मित पुलमा
– पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने पुलमा निर्मित ‘द क्लिफ कुश्मा बन्जी’ नामक सो बन्जीको सफल परीक्षण विसं २०७६ माघ १६ मा गरिएको ।
– नदीदेखि बन्जीको उचाइ २२८ मिटर (७४८ फिट) रहेको ।
– विश्वकै अग्लो बन्जी (७६४ फिट) मकाउमा रहेको ।

३१. नेपालमा पहिलोपटक घण्टाका आधारमा न्यूनतम पारिश्रमिकको प्रावधान कहिलेदेखि लागू गर्ने निर्णय भएको छ ?

 विसं २०७५ साउन १

प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार