अन्तुका साहसी युवालाइ नेता खड्काको सम्मान

  नयाँ बुलन्द  526 पटक हेरिएको

इलाम : जिँउदो अजिङ्गर समातेर खोरमा लैजाने सुर्योदय नगरपालिका ५ का साहसी युवा मनिस थापालाइ नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले सम्मान गरेका छन् ।

शौचालयमा भएको अजिङ्गरलाइ दीर्घकालीन रुपमा राख्न निर्माण गरीएको खोरसम्म लैजाने हिम्मत गर्ने साहसी युवा थापालाइ नेता खडकाले अन्तु डाँडामा पुगेर नगद ५ हजार १ सय सहित सम्मान गरेका हुन् ।

केहि दिन अघि सुर्योदय नगरपालिका ४ को जंगलमा स्थानीय बासिन्दाको जंगलमा चरनमा गएको १६ केजीको बाख्रा खाएर सुतिरहेको अवस्थामा करीब ४० केजीको उक्त अजिङ्गरलाइ सूर्नयोदय नगरपालिका ५ का अनिल लेप्चाले साथीहरुको सहयोगमा अन्तुडाँडाको सार्वजानिक शौचालयमा राखेका थिए ।

त्यसको केहि दिनपछि वडा कार्यलयको अगुवाइमा उक्त अजिङ्गरलाइ राख्न खोर बनाइएको थियो ।

स्थानीय बासिन्दाहरुको उपस्थितीमा उनलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार