भेडेटार-रवि-राँके सडक हिलाम्मे, यात्रुलाई सास्ती

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम : गत वर्षबाट कालोपत्रको लागि काम थालिएको भेडेटार–रवि–राँके सडक अहिले हिलाम्मे अवस्थामा परिणत भएपछि यात्रुले दिनहुँ सास्ती खेपिरहेका छन् ।

भारतको लखनाउ स्थित एप्को इन्फ्राट प्रालिले सम्झौता गरि तीन वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने जिम्मा लिए पछि २०७५ पौष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सडक कालोपत्रको लागि उद्घाटन भएको थियो ।

काम थालनी भएको करीब डेढ वर्ष बिति सक्दा पनि हाल सम्म व्याक कटिङ,ग्यावीङ र कल्वर्ट तथा स्ट्रक्चर निर्माणमै अल्झिएका कारण वर्षातको समयमा हिलाम्मे भइ सवारी साधन ओहरदोहरमा कठिनाई भएको छ । सम्झौता अनुसार काम शुरु गरेको एक वर्षभित्रमा २० प्रतिशत काम पूरा हुनुपर्ने भएता पनि लक्ष्य अनुसार कामले गति नलिदा समयमा काम सम्पन्न हुनेमा स्थानीयले आशंका गर्न थालेका छन् ।

ठेक्केदार कम्पनीलको शुरु देखि नै काम ढिलाइ भएको र गत वर्ष पौषमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहित मन्त्रालयको टोलिले अनुगमन गरेपछि केही दिन तीव्र गतिमा काम भएता पनि पुनःसुस्ताए सगैं यस भेगका स्थायी बासिन्दा मारमा परेका छन् ।

लकडाउन र वर्षातको कारण अहिले निमार्ण ठप्प भएको यस सडकमा दैनिक खाध्यन्न,निर्माण सामाग्री बाक्ने ट्रक,ट्याक्टर,मोटरसाइकल,बिरामी बोक्ने एमबुलेन्स गरि दैनिक एक सय भन्दा बढी सवारी साधन ओहोर–दोहोर हुने गर्दछन् । बाटोमा ट्रक फसिएर स्काभेटरको सहायताले ठेलेर घण्टाैं सम्म लगाएर निकाल्नु परेको चालक मीनबहादुर तामाङ बताउँछन् ।

यो सडक राँके–रवि,रवि–बुधबारे,बुधबारे–भेडेटार तीन भागमा विभाजित गरि काम संञ्चालन भएको भएता पनि हाल राँके–रवि खण्डमको जोखिम ठाँउमा सडक  मर्मतको काम मात्रै गर्न सम्भव भएको यस खण्डमा कार्यरत कन्सलटेन्सीका सवईन्जिनियर शैलेस मण्डलको भनाइ छ ।

इलाम र पाँचथरको सिमाना राँकेबाट महाभारतडाँडा हुँदै धनकुटाको भेडेटार सम्म पुग्ने यो मार्ग कालोपत्रको लागि तीन अर्ब ६५ कारोड ८४ लाख ९५ हजार ५७२ रुपैंया रकम एक्जिम बैक अफ इन्डियाको ८७ प्रतिशत र १३ प्रतिशत नेपाल सरकारको लागतमा निर्माण हुने जनाइएको छ ।

दुई लेनको दाँयाबाँया एक÷एक मिटर सोल्डर सहित जम्मा ९ मिटर फराकिलो एक सय किलोमिटर लम्बाइको बन्ने यो मार्ग प्रदेश १ को गौरवको योजना मानिएको छ । यस सडकले धनकुटाका,पाँचथर,मोरङ र इलामका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार