पार्किङ गरी राखेको मोटरसाईकल तथा सीसीटीभी तोडफोड गर्ने २ जना पक्राउ

  नयाँ बुलन्द
0 Shares

इलाम : पार्किङ गरी राखेको मोटरसाईकल तथा सीसीटीभी तोडफोड गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम नगरपालिका ७ मालापथका १९ वर्षीय पारुहाङ देवान र सोही ठाउँका १९ वर्षीय आकाश परियार रहेका छन् ।

उनीहरुलाई सीसीटीभीले कैद गरेको फुटेजको आधारमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनीहरुले अस्ती सोमबार राती ११:४५ बजे इलाम नगरपालिका ७ स्थित चोकबजार तथा बिभिन्न ठाँउमा पार्किङ गरी राखेको मोटरसाईकलहरुलाई तोडफोड गरी मालापथस्थित सीसीटीभी भएको बिजुलिको पोलमा चढि सीसीटीभी फुटाउन खोजेको आरोप लागेको छ ।

पक्राउ परेका दुवैमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार