अग्नी पीडित सुर्यबहादुरलाई कोरियाबाट १ लाख बढी सहयोग

  प्रकाश पाक्साँवा  308 पटक हेरिएको

तेह्रथुम : अग्नी पीडित तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामारा हाक्पाराका सुर्य बहादुर लिम्बुलाई कोरियाबाट घर निमार्णका लागी आर्थीक सहयोग गरिएको छ ।

आगालागीकाका कारण विचल्लीमा परेको लिम्बुको परिवारलाई घर निमार्णका लागी १ लाख ३ हजार ३ सय २९ रुपैयाँ एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको छ । छथर गाउँपालिका ४ फाक्चामारा हाक्पारा घर भई कोरियामा कार्यरत लक्ष्मण इमेहाङले अभीयान चलाई संकलन गरेका रकम हस्तान्तरण गरीएको हो । परिवारलाई अग्नी पीडित सहयोग समितीका अध्यक्ष मनु तुम्सा ईमेहाङ र सचिव सिद्धीमान ईमेहाङले हस्तान्तरण गर्नु भएको थियो ।

यसअघी पीडित परिवारलाई  कोरियाबाट आगालागी भए लगत्तै २२ हजार बराबरको खाद्यन्य सहयोग गरेको थियो । सहयोग रकम संकलन सँगै पीडित परिवारको घर निमार्ण कार्य सम्पन्न भएको छ । आगलागी कारण लिम्बुको १० लाख बराबरको क्षती भएको थियो । लिम्बुको ५ सन्तान सहित ७ जनाको परिवार रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार