इलाममा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्‍यो

इलाम : इलाममा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रोङ गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित देखा परेको हो ।

भारतबाट आएर कुटिडाँडास्थित शान्ति निकेतन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका रोङ गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय युवामा कोरोनाको संक्रमण देखिएको हो । उनको गत २१ असारमा स्वाब लिएर परिक्षणको लागि पठाइएको थियो ।

संक्रमित युवालाई उपचारको लागि गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन बिमल बरालले जानकारी दिए ।

योसँगै इलाममा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार