जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं :  निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी एकता भई जनता समाजवादी पार्टी गठन भएको थियो।

आयोगले बुधबार दल दर्ता गर्ने निर्णय गरेको निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । ‘दल दर्ता भएको हो, अब राजपत्रमा प्रकाशन गर्छौं ।’ उनले भने ।

वैशाख १० गते राति दुई पार्टीबीच एकता भएको थियो ।

एकीकरणअघि संसदमा तेस्रो र चौथाेँ दलको हैसियतमा रहेकाे पार्टी एकीकरणपछि अब संसद्को तेस्रो शक्ति बनेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार