ट्याक्टर पल्टदाँ २ को मृत्यू १ घाईते

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माई नगरपालिका ९ पालटारमा विहीबार दिउँसो ट्याक्टर पल्टदाँ दुई जनाको मृत्यू भएको छ । एक जना घाइते भएका छन् ।

करिब साढे २ बजे खेत जोतेर फर्किने क्रममा मे १ त ७४४० नम्बरको ट्याक्टर अनियन्त्रित भई  पल्टदाँ चालक इलाम माइ नगरपालिका ८ फुलबारीका २१ वर्षीय सुजन विश्वकर्मा र माइ नगरपालिका १ का ११ वर्षीय नितेश गिरीको मृत्यू भएको हो ।

उनीहरुलाई उपचारको लागि झापातर्फ लैजाँदै गर्दा बटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै सही ट्याक्टरमा सवार माई नगरपालिका ८ का १९ वर्षीय समिर विश्वकर्मा घाईते भएका छन् । उनको झापाको विर्तामोड स्थित वि एण्ड सी टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।

ट्याक्टर बाटोबाट अन्दाजी १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार