जिल्लाभित्र सार्वजनिक गाडी चल्न दिने सरकारको निर्णय, मास्क अनिवार्य

  नयाँ बुलन्द
0 Shares

काठमाडौ : सरकारले एक जिल्लाभित्र सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद्को बैठकले एक जिल्लाभित्र मात्रै चलाउन पाउने गरी सार्वजनिक गाडी चल्न दिने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

बाहिरी जिल्लामा एक जिल्लाभित्रै मात्रै गाडी चल्न दिने र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउने पाइनेछ । दुरी कायम गरेर सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले गाडीले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने छन् ।

सबै यात्रुले मास्क प्रयोग गर्नैपर्ने र ढोकामा स्यानिटाइजर राख्ने र चालक तथा सहचालकले मास्क, भाइजर पञ्जा लगाउनै पर्ने सरकारले निर्णय गरेको हो । यस्तै दुई जना मात्रै बोकेर ट्याक्सी पनि चल्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार