इलाममा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै सदरमुकाम इलाम बजारमा स्वत्रन्त्र युवा समुहले प्रदर्शन गरिएको हो ।

पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला युवाहरुले प्रधानमन्त्री ओलीले देश र नागरिकको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा र्याली निकालेका हुन् । प्रधानमन्त्री ओलीले भारतले मिचेको भूभाग सहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै समर्थन जनाएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ ।

स्वत्रन्त्र युवा समुहले ठुलो टुढिखेल बाट सुरु गरेको र्याली सदरमुकाम इलाम बजार परिक्रमा गर्दै चोक बजारमा कोण सभा गर्दै सम्पन्न भएको थियो । र्यालीमा सहभागीहरुले ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’ लगायतका नारा लगाएका थिए । यस्तै विदेशी चलखेलले ओली सरकार ढाल्न खोजेको उनिहरुको आरोप छ ।  राष्ट्रवादी युवा शक्तिले अहिले प्रधानमन्त्री ओलीलाई संकट परेको बेला साथ दिनुपर्ने उनिहरुको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार