नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित अब असार २६ बस्ने

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको हो ।

अध्यक्षद्वयबीच आज हुने भनिएको वार्ताको समय भने निश्चित भएको छैन । बिहीबारदेखि पटक पटक स्थगित हुँदै आएको बैठक अध्यक्षद्वयकै सल्लाहमा आजका लागि तय भएको थियो । आज पनि अन्तिममा बैठक स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार