अशोक राई बिनाको नेकपा अध्यक्ष र प्रधानमन्त्री केपी ओली … !

  नयाँ बुलन्द  441 पटक हेरिएको

अशोक राई, वरिष्ठ नेता, जनता समाजवादी पार्टी

काठमाडौं : तत्कालीन नेकपा मालेका महासचिब मदन भन्डारीसङ्ग १० वर्ष सम्म सङ्गै एउटै कोठामा बसेर नेकपा मालेको पुर्वमा सङ्गठन बिस्तार गर्ने अशोक राई बिध्या पाण्डेलाई भुमिगत ल्याउने र मदन भण्डारीसङ्ग बिबाह गरिदिने पनि अशोक राई हुन । नेकपा मालेको चौथो महाधिवेशन अगाडी मदन भन्डारी कोशी अन्चल सचिव थिए भने अशोक राई सहसचिब थिए । २०४६ साल भदौमा भएको चौथो महाधिवेशन पछि मदन झलनाथ खनालको प्रस्तावमा महासचिब चुनिएका थिए भने करिब १८ जनाको पुर्ण केन्द्रीय सदस्य र ४ जना सायद बैकल्पिक सदस्य सहित २२ जनाको केन्द्रीय समिति बनायो भने अशोक राई केन्द्रीय सदस्य सहित कोशी अन्चल सचिव भए । २०४६ सालको जनआन्दोलनको सफलतापछि बिराटनगरको बृहत् आमशभामा सचिवको नाताले अशोक राईले उदघोषण गरेका थिए भने तत्कालीन नेपालका नेलशन मन्डेलाका उपाधि पाएका मोहनचन्द्र अधिकारी राधाकृष्ण मैनालि र महिला नेतृ सायद लक्ष्मी कार्कीले सम्बोधन गरेका थिए । यहा फेरी पनि म  चौथो महाधिवेशन कै प्रसङ्गमा फर्कन चाहन्छु ।

चौथो महाधिवेशन गर्न तत्कालीन मालेको केन्द्रले १४ अन्चललाई पत्रचार गर्यो तर अधिवेशन ब्यास्थापन गर्ने हिम्मत कसैले गर्न सायद सकेनन र अशोक राईले जिम्मा लिए सम्पुर्ण तयारी भयो । केन्द्रबाट महाधिवेशन खर्च ४० हजार रुपैयाँ लिएर प्रदिप नेपाललाई महाधिवेशन स्थल पठाईयो तर पार्टी डकुमेन्ट र ४० हजार रुपैयाँ उनले बाटैमा हराए …! पंचायत कालिन समय अनि भुमिगत पार्टी पैसा हराएकी र्याल चुहाए ईतिहासको गर्भमै छ तर त्यहि कारन महाधिवेशन स्थगित गर्नु परेको असोक राईले कुनै समय बताउनु भएको थियो । दोश्रो पटक पनि अशोक राईलाईनै अधिवेशन तयारीको जिम्मेवारी दिइयो उदयपुरमा तयारी भयो तर ईन्डियन आर्मि छुट्टीमा आउदा बाटोमा जाड बेच्न बसेका चेलिबेटी माथि हात पात भयो ति चेलिले खुर्पाले छिनालि दिए फेरि महाधिवेशन रोकियो र तेश्रो पल्ट पनि अशोक राईलाईनै जिम्मा दिईयो र सिरहामा हिरा बहादुर सुनुवारको घरमा चौथो महाधिवेशन सम्पन्न भयो सागर नामले मदन भन्डारी र निलकण्ठ नामले अशोक राई परिचित थिए ।

नेकपा माले पार्टी सङ्गठन र २०४८ को निर्वाचन । ०३५ सालमा रत्न कुमार वान्तावाको पन्चायति शासकद्वरा हत्यापछि जनजाति बस्तिमा खस आर्यले जाने हिम्मत गरेन र काठमाडौंमा रहेको अशोक राईलाई भुमिगत बनाएर पुर्बाअन्चल पठाईयो पार्टी सङ्गठन द्रुत गतिमा बिस्तार भयो अन्चलाधिस सुर्य प्रसाद सेनोलिको (wanted) को प्रमुख लिस्टमा परे कयौ पटक आफ्नो नाम फेरेर भुमिगत भएर सङ्गठन गरे । जब २०४६ सालको सफल जनआन्दोलन पश्चात् ४८ सालको निर्वाचनमा टिकट दिने ४ जना सदस्यको समितिमा रहे । मनमोहनले मदन भन्डारीसङ्ग आफुलाई एउटा सुरक्षित स्थान माग्दा मदन भन्डारीले अशोक राईलाई जिम्मा लगाएको सम्झनछन असोक राई ।

सुनसरीको क्षेत्र नं १ धरान र मोरङ्गको क्षेत्र २ बाट उठने निश्चित भएका अशोक राईले तत्कालीन अध्यक्ष मनमोहन अधिकरीको आग्रहमा सुनसरी छाडेका थिए भने त्यस्तै भरत मोहन अधिकारीको आग्रहम मोरङ्गको निर्वचन क्षेत्र छाडेका थिए । यसरी ०४८ सालमा एमालेको सुर्य चिन्ह अत्याधिक पुर्वबाट उदाएको देखिन्छ भने सुदुर पश्चिमा सुन्यनै थियो । पार्टीमा रत्न वान्तावालाई पनि पार्टी भित्रकै जासुसीका कारन मरिएको आशंका गरिएको छ भने हालको बहुदलीय जनबादको बिचारक जन्मदाता मणिलाल राई ( पार्टी सस्थापक समेत रहेका ) शन्सोधनबादी भनेर कार्वाई गरियो गेरेबहादुर खपाङ्गीलाई पार्टी छाडन बाध्य पारियो भने नेकपा माले र एमाले पार्टी बनाएर दिने अशोक राईलाई पार्टी छडन बाध्य बनाईयो जस्ले सङ्गठन निर्माण गर्ने समयमा जेलमा आराम गरेर बसे उस्ले सङ्गठन बिस्तार गरेको दुख र मर्म के बुझ्ला र …?  सन्दर्भ अशोक राई बिनाको नेकपा अध्यक्ष र प्रधानमन्त्री केपि ओलि …!

(स्रोत : विजय राईको फेसबुक स्टाटसबाट लिएको सान्दर्भिक जानकारी ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार