सरकारले काट्यो लाप्चा जातिको भत्ता

  नयाँ बुलन्द  142 पटक हेरिएको

इलाम : नेपाल सरकारले लोपोन्मुख लाप्चा जातको भत्ता कटौती गरेको छ । ५ वर्ष मुनिका बालबालिकाले पाउँदै आएको भत्ता २०७६ चैतबाट लागू हुने गरि तेस्रो चौमासिक भत्ता कटौती गरेको हो । मासिक ३ हजार रुपैयाँ भत्ता थाप्दै आएका बालबालिकाले अब मासिक ४ सय रुपैयाँमात्र पाउने भएका छन् । चैतबाट मासिक २ हजार ६ सय रुपैयाँ कटौती भएको छ ।

लेप्चा जातिको बाहुल्यता रहेको राेङ गाउँपालिकामा ७० जना बालबालिकाले भत्ता थाप्दै आएको प्रशासकीय अधिकृत नेत्र पोखरेलले बताए ।प्रति व्यक्ति २ हजार ६ सयका दरले ७० जनाको १ लाख ८२ हजार कटौती भएको अधिकृत पोखरेलको भनाई छ । त्यस्तै सुर्योदय नगरपालिकामा १ सय २४ जना बालबालिकाले भत्ता थाप्दै आइरहेका थिए । १ सय २४ जनाको २ जार ६ सयले कटौती हुँदा ३ लाख २२ हजार ४ मासिक भत्ता घट्ने भएको पञ्जिकरण शाखाले जनाएको छ ।

नेपालको संविधान बमोजिम आर्थिक रुपले बिपन्न ,अशक्त र असाय अवस्था रहेका एकल महिला, अपांगता भएका बालबालिका आफ्नो हेरचाह गर्न आफैं नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने उदेश्यका साथ सामाजिक सुरक्षा ऐन २०७५ कार्यान्वयनमा आएको हो ।

उक्त ऐनको दफा १५ को खण्ड ग मा अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निबृतिभरण, अवकाश सुबिधा एंव अन्य सुबिधा पाईरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने राष्ट्रिय परिचयपत्र पञ्जीकरण बिभागकि शाखा अधिकृत साबित्र बस्नेतले बताईन् । जसमा बिदेशी सरकारबाट नियमित रुपले निबृतिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नमिल्ने भनी २०७७ असार १७ गते मन्त्री परिषदको बैठकबाट निर्णय भएको अधिकृत बस्नेतले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार