इलाम उद्योग वाणिज्य संघद्वारा तीनै तहको सरकारलाई ध्यानाकर्षणपत्र !

  नयाँ बुलन्द
0 Shares

इलाम : विश्वव्यापी कोरोना भाइरस महामारीका कारण विश्वकै अर्थतन्त्रमा निकै ठूलो प्रभाव परेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । देशको अर्थतन्त्र निकै गम्भीर अवस्थामा रहेको बेला इलाम जिल्लाका उद्योग तथा व्यवसाय पनि चौपट बनेको छ । देशको अर्थतन्त्रको तत्काल दिर्घकालीन योजना बनाउनु पर्ने देखिएको भन्दै इलामका उद्योगी व्यवसायीले तीनै तहका सरकार, बैंक तथा वित्तीय संस्था र घरधनीलाई संयुक्त सहयोगको लागि आव्हान गरेका छन् ।

यसै क्रममा इलाम उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्री परिषेदको कार्यालय प्रदेश नम्बर १, नेपाल राष्ट्र बैंक प्रदेश नम्बर १, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, राष्ट्रिय विमा समिति, इलाम जिल्लाका सबै स्थानीय तह र जिल्ला सहकारी संघलाई बिभिन्न मागहरु राखेर आज ध्यानकर्षण पत्र पठाएको छ ।

संघले नेपाल सरकार तीन तहको सरकारको स्वामित्वमा रहेका औद्योगिक तथा अन्य व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न लगाइएको घरभाडा बन्द रहेको अवधिको पूर्ण छुट र महामारी अन्त्य नहुन्जेल सम्मको लागि विशेष छुटको व्यवस्था गर्नुपर्ने, आर्थिक कार्यक्रमको घोषणा गर्नुपर्ने, उद्योगी, व्यवसायीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने, स्थानीय अस्पतालमै कोरोनाको पिसिआर परिक्षणको व्यवस्था मिलाउनुपर्ने र स्वास्थ्य सुरक्षाको उचित मापदण्ड तय गरेर सार्वजनिक यातायत, होटल रेष्टुरेण्ट सञ्चालनको वातावरण मिलाउनुपर्ने माग राखेर ध्यानकर्षण पत्र बुझाएको छ ।

यस्तै संघले नेपाल राष्ट्र बैंक सहित अन्य बिभिन्न बैंक तथा बित्तिय संस्थासंग पनि ४ बुँदे मागहरु राखेर ध्यानकर्षण पत्र बुझाएको छ । संघले नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक निती असार २५ गतेभित्र जारी गर्नुपर्ने, कृषि तथा साना उद्योगि ब्यबसायी समेतले पाउने गरी पुर्नकर्जा पाउनुपर्ने लगायतका मागहरु रहेको छ ।

त्यस्तै घरधनीका लागि ३ बुँदे मागहरु राखेर ध्यानकर्षण पत्र बुझाएको छ । उक्त ध्यानकर्षण पत्र संघका अध्यक्ष इश्वर चिपालुले सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसादलाई न्यौपानेलाई हस्तान्तरण गरेका थिए । ध्यानकर्षण पत्र बुझाउनुपूर्व संघको अगुवाईमा सदरमुकाममा रहेका व्यवसायीहरुको मौन र्‍याली सहित प्रशासन पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार