नेपाली काँग्रेसका युवा नेता डम्बर खड्काले दिए माईजोगमाईमा स्वास्थ सामाग्री

  नयाँ बुलन्द
49 Shares

इलाम : नेपाली काँग्रेसका युवा नेता डम्बर खड्काले माइजोगमाइ गाउँपालिकाका स्वास्थ्य कार्यलयको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन ।

बिश्व महामारीको रुपमा फैलिएको कोभिड 19 को विषम परिस्थितिमा अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मीका लागि नेपाली काँग्रेस माईजोगमाइ गाँउपालिका कार्यसमिति मार्फत स्वस्थ्य सामग्री उपलब्ध गराएका हुन  ।

खड्काले पिपिइ सेट सर्जिकल N95 माक्स,हेल्मेटगाल्स,ग्लोव्स लगायतका सामाग्री दिएका थिए ।

माईजोग्माई गाँउपालिकाका नेपाली कंग्रेस पार्टी सभापतिमदन भण्डारी,वडा सभापतिहरू अग्नि घिमिरे,राजेश देवान,मोहन वस्नेत,बलबहादुर खड्का,यस्तै पुर्व क्षेत्रीय सभापति द्वय भस्म प्रधान ,रमेस सुवेदी जिल्ला सदस्य हुकुम थेवे,तरूण दल जिल्ला सदस्य गोपाल चौहान लगायत अग्रज पार्टीका कार्यकर्ताहरूको उपस्थितिमा सामाग्री वितरण गरिएको थियो ।

उक्त सामग्री वितरण कार्यक्रममा बोल्दै खडकाले यो विषम परिस्थितिलाई कोही कसैले पनि हेल्च्याक्राँई नगरी सतर्कता अपनाउनु नै एक ठूलो उपाय भएको बताएका थिए ।

फरक प्रसंगमा उनले अब कंग्रेस पार्टीलाई गाउँ स्तरबाटै संगठनात्मक रूपमा बलियो बनाएर लैजानु पर्नेमा जोड दिए भने कार्यकर्ताहरू एक जुट हुन पर्ने आवश्यक्ता रहेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार