पाँचथर : पाँचथरको फालेलुङ गाउपालिका ८ नम्बर वडा कार्यलयको आयोजनामा एक दिने निशुल्क घुम्ती स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
शिविरबाट विभिन्न रोगका १ सय ९८ जना बिरामीहरुले स्वास्थ्य लाभ लिएका छन् । स्वास्थ्य शिबिरमा एमबीवीएस फिजिसियन डा . पिके सिंहको टोलिले स्वास्थ्य परिक्षण गरेका थिए ।
वडा अध्यक्ष पदमकुमार फागोको अध्यक्षता र महेन्द्र जबेगु “फुङनिमा” को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन वडा सचिव रमेश नेपालीले गरेका थिए ।