लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

  नयाँ बुलन्द
0 Shares

१. लोकसेवा आयोग विधेयक प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ?
 विक्रम संवत् २०७७ असार ९
– २०७५ पुस २४ गते विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो ।
– पारित विधेयकअनुसार आयोगले कानुनी रूपमा अब सङ्गठित संस्था, सुरक्षा निकाय र अन्य संस्थाको समेत पदपूर्तिको परीक्षा सञ्चालन गर्नेछ ।
– यस्तै, आयोगले ती निकायको पाठ्यक्रम पनि तयार पार्नेछ । सोही पाठ्यक्रमअनुसार नै लिखित परीक्षा सञ्चालन, आयोगले तोकेको कार्यविधिअनुसार नतिजा प्रकाशनलगायतका काम अगाडि बढ्नेछन् ।
– विधेयकअनुसार अब लोकसेवाले विश्वविद्यालय र शिक्षक सेवा आयोगबाहेकका ५० प्रतिशत वा सोभन्दा बढी सेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व रहेको संस्थान, कम्पनी, बैङ्क, समितिको पदपूर्तिका पाठ्यक्रम निर्धारण र परीक्षा सञ्चालन गर्नेछ ।
– यसैगरी, सङ्घीय कानुनबमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र अन्य सङ्गठित संस्थाको पनि पदपूर्तिलगायतका काम गर्नेछ ।
– त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागको पनि पाठ्यक्रम निर्धारण तथा परीक्षा सञ्चालन गर्नेछ ।
– विधेयक पारित भएसँगै प्रदेशमा गठित लोकसेवा आयोग पनि क्रियाशील हुनेछन् ।

२. केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या घडीअनुसार २०७७ असार १२ मा नेपालको जनसङ्ख्या कति पुगेको छ ?
 तीन करोड ६३४
– ११औँ राष्ट्रिय जनगणना, २०६८ को वृद्धिदरमा आधारित पूर्वानुमान अनुसार २०७७ असार १२ मा नेपालको जनसङ्ख्या तीन करोड नाघेको ।
– राष्ट्रिय जनगणना २०६८ को जन्मदर, मृत्युदर र बसाइँ–सराइ दरका आधारमा जनसङ्ख्या पूर्वानुमान गरिएको ।

३. सन् २०२० जुनमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित हुन सफल राष्ट्र कुन–कुन हुन् ?
 भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे
– ती राष्ट्रहरू सन् २०२१–२०२२ को कार्यकालका लागि राष्ट्रसङ्घ महासभाबाट चयन भएका ।
– एक सय ९३ सदस्यीय महासभामा १८४ राष्ट्रले मतदान गरेका थिए ।
– राष्ट्रसङ्घ सुरक्षा परिषदमा स्थायी पाँच र अस्थायी १० गरी कुल १५ सदस्य हुन्छन् ।
– पाँच मुलुकहरू अमेरिका, बेलायत, फ्रान्स, चीन र रूस सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्र हुन् भने बाँकी १० अस्थायी सदस्यहरू निर्वाचनबाट छनोट हुने व्यवस्था छ ।

४. विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा विश्व प्रतिजैविक सचेतना सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
 सन् २०१५
– हरेक वर्ष नोभेम्बर महिनामा एक साताभरि प्रतिजैविक सचेतना सप्ताह मनाइँदै आएकोमा सन् २०१९ मा पनि नोभेम्बर १८–२४ सम्म विभिन्न कार्यक्रमहरू गरी सचेतना सप्ताह मनाइएको ।
– जीवाणुहरूले यसरी प्रतिजैविक औषधिहरूविरुद्ध प्रतिरोध विकास गर्नमा चिकित्सक र पशु चिकित्सकहरूको सिफारिसविना मानिस र पशुपक्षीहरूमा आवश्यकताभन्दा बढी प्रतिजैविक औषधिहरूको प्रयोग, चाहिनेभन्दा कम वा बढी मात्रामा प्रयोग, अस्पतालहरूमा सङ्क्रमण रोकथामसम्बन्धी अपर्याप्त व्यवस्थापन, अस्पतालहरूबाट उत्पादन हुने फोहोरहरूको उचित व्यवस्थापन नहुनु र पछिल्लो ३० वर्षयता कुनै पनि नयाँ समूहका प्रभावकारी प्रतिजैविक औषधिहरू आविष्कार हुन नसक्नु आदि मुख्य कारण रहेका ।
– हाल विश्वभर प्रतिजैविक औषधिहरूले काम नगरेका कारण बर्सेनि सात लाख मानिसको मृत्यु भइरहेको र यदि नियन्त्रणका लागि ठोस कदमहरू नचाल्ने हो भने यो सङ्ख्या बढेर सन् २०५० सम्ममा बर्सेनि एक करोड पुग्ने अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको ।

५. नेपाली पोर्टको शुभारम्भ कहिले भएको हो ?
 विसं २०७६ माघ १३
– अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित गर्नका लागि तयार पारिएको सफ्टवेयरलाई नेपाली पोर्ट भनी चिनिने ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ अध्यागमन कार्यालयहरूमा यो सफ्टवेयर जडान गरिएको ।

६. एसिया सोसाइटीद्वारा प्रदान गरिएको ‘एसिया गेम चेन्जर अफ दी इयर’को उपाधिबाट कसलाई सम्मान गरियो ?
 मीरा राई

७. प्रदेश १ सरकारले कुन स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ?
 माईजोगमाई गाउँपालिका–२, इलाम

८. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
 जुन २१
– सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको ।
– नेपालमा माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको ।

९. समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन कहिले भएको हो ?
 विसं २०७७ असार ६

१०. ‘एक वडा एक व्यायामशाला’ निर्माणको योजना अघि बढाउने स्थानीय तह कुन हो ?
 टोखा नगरपालिका

११. संयुक्त राष्ट्रसङ्घद्वारा नीलो आकाशका लागि सफा हावा दिवस कहिले मनाउने गरिन्छ ?
 सेप्टेम्बर ७ (यो दिवस सन् २०२० देखि मनाउने निर्णय भएको ।)

१२. ‘पुतली घर’ नामक कृतिका लेखक घनश्याम खड्का हुन् भने ‘सयौँ पुतली’ नामक कृतिका लेखक को हुन् ?
 उमा सुवेदी

१३. नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका राष्ट्रहरू कति छन् ?
 ११
– १. भारत २. चीन ३. बङ्गलादेश ४. श्रीलङ्का ५. पाकिस्तान ६. कतार ७. दक्षिण कोरिया ८. नर्वे ९. थाइल्यान्ड १०. अस्ट्रिया ११. मौरिसस

१४. मलेसियामा सुल्तान अब्दुल्लाह अहमद शाह नयाँ राजाका रूपमा कहिले निर्वाचित हुनुभयो ?
 सन् २०१९ जनवरी २४

१५. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?
 फेब्रुअरी २१
– सन् २०२० मा यो दिवस ‘ल्याङ्वेज विथआउट बोर्डर’ नाराका साथ मनाइएको ।
– यो दिवस सन् २००० देखि मनाउन थालिएको ।

१६. नेपालमा दोस्रोपटक प्रदेश प्रमुखहरूको नियुक्ति कहिले गरियो ?
 विसं २०७६ कात्तिक १८

१७. हाल नेपाल राष्ट्र बैङ्कको गभर्नर को हुनुहुन्छ ?
 महाप्रसाद अधिकारी
– मन्त्रिपरिषद्को २०७६ चैत २४ को बैठकले अधिकारीलाई पाँच वर्षका लागि १७औँ गभर्नरका रूपमा नियुक्त गरेको ।

१८. लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको निशान छापमा समेट्नेसम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?
 विसं २०७७ असार ४

१९. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटिएको नयाँ नक्सा कहिले सार्वजनिक गरेको हो ?
 विसं २०७७ जेठ ७
– १८१६ मार्च ४ को सुगौली सन्धिअनुसार नेपालले पश्चिम सीमाबिन्दु लिम्पियाधुरासम्मको भू–भाग नयाँ नक्सामा समावेश गरिएको ।
– सरकारले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा अतिक्रमित भूमि समावेश गरेर नयाँ नक्सा सार्वजनिक गर्ने बताएको थियो ।
– २०७७ जेठ ४ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको अद्यावधिक नक्सा स्वीकृत गरी लागू गर्ने निर्णय गरेको थियो ।
– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालद्वारा नेपालको नयाँ नक्सा (राजनीतिक र प्रशासनिक) सार्वजनिक गरिएको ।

२०. सन् २०२० को पुलिटजर पुरस्कार कसलाई प्रदान गरियो ?
 अमेरिकी लेखक कोल्सन ह्वाइटहेड

२१. कोरोना परीक्षणमा प्रयोग हुने विधि आरडीटीको पूरा रूप ¥यापिड डाइग्नोस्टिक टेस्ट हो भने पीसीआरको पूरा रूप के हो ?
 पोलिमर्स चेन रिएक्सन

२२. बाहिरी जीवाणुबाट शरीरलाई बचाउनका लागि प्रयोग गरिने सामग्री पीपीईको पूरा रूप के हो ?
 पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (व्यतिmगत सुरक्षा उपकरण)

२३. कोभिड–१९ विरुद्ध अग्रपङ्तिमा खटिएका संसारका उत्कृष्ट पाँच महिलाको सूचीमा पर्न सफल नेपाली चिकित्सक को हो ?
 डा. रुना झा (निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला)
– (‘युएन विमेन’ले उहाँलाई सो सूचीमा समावेश गरेको ।)

२४. अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
 सन् २००९
– विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि यसको संरक्षणमा सहभागिता जुटाउन गिद्ध सचेतना दिवस मनाउन थालिएको ।
– सिनो खाएर वातावरण सफा गर्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार भनी चिनिने ।
– विश्वमा २३ प्रजाति र दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइने ।
– नेपालमा गिद्ध संरक्षणका लागि गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन देशभर आधा दर्जनभन्दा बढी स्थानमा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको ।

२५. नेपाल सरकारले कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ?
 विसं २०६६ मङ्सिर १ गते
– (यसअघि नेपाली भाषामा मात्र नागरिकता दिइन्थ्यो ।)

२६. पर्वतको कुश्मादेखि बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्मित एसियाकै पहिलो तथा विश्वकै दोस्रो अग्लो बन्जी जम्पको उद्घाटन कहिले गरिएको हो ?
 विसं २०७६ माघ १६
– (सो बन्जीजम्प २२८ मिटर उचाइको रहेको ।)

२७. नेपालमा पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ?
 सन् १९९६

२८. नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ?
 विसं २०७४ पुस २८
– स्थलमार्गबाट रसुवा हुँदै अप्टिकल फाइवरमार्फत इन्टरनेट कनेक्सन जोडिएको ।
– अब विश्व परिवेशमा नेपालको सूचना मार्ग भारत र चीन दुवैतिरबाट सम्भव भएको ।

२९. नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भिœयाएको हो ?
 विसं २०७५ असार १४

३०. नेपाल–भारत प्रबुद्ध समूहमा नेपालतर्फबाट संयोजकको जिम्मेवारी कसलाई दिइएको हो ?
 डा. भेषबहादुर थापा (भारततर्फबाट भगतसिंह कोसियारी)

प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार