कोरोनाबाट डेढ महिने शिशुको मृत्यु, मृतक संख्या ३१ पुग्यो

  नयाँ बुलन्द  125 पटक हेरिएको

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक ४९ दिनको शिशुको बुधबार साँझ मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका–४ का शिशुको मृत्यु भएको जानकारी दिए ।

उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार