गरीब र दु:खी जनतालाई कहिले हेर्छौ सरकार ?

  बबिता थापा (सन्ध्या)  219 पटक हेरिएको

वविता थापा (सन्ध्या), झापा

क्षमाप्राथि छु मैले जे सुने त्यहि लेख्न खोजेकि छु मेरा हात कापिरहेका छन् ।

हो म मध्यमवर्गीय परिवार को हो र भोलि भोकमारी नआउला भन्न सकिँदैन । हाम्रो देशमा धेरै जनसङ्ख्या गरिबीको रेखामुनि छौ। यसले भोलि भोकमारी ननिम्त्याउला भन्न सकिँदैन र भोकमारी नै मानिसको मृत्यु को कारण नबन्ला भन्ने अवस्था छैन । यसरी भोकमारीको शिकार बनेर कति गरिब तड्पिनुपर्ने हो? सबै त्रासमा छौँ ।

के भोकमारी अन्त्य होला त ?

गरिब भई जन्मिनु दोष होईन हातपाखुरा छन् तर बिडम्बना गरिबलाई हेरिने नजर र मानिसको सोच दोषी हो ।

मलाई सुन्दा अचम्म लाग्छ मान्छे किन यति स्वार्थी भएका होलान् एउटा बिरामी क्वारेन्टाइनमा झाडापखाला लाएर छट्पटिँदा औषधी दिनु त कहाँ हो कहाँ कोही नजिक सम्म परेनन् न डाक्टर आए न अरु कोही  ।

के थाहा,  त्यो सोह्र वर्षे किशोरलाई झाडापखालाको कारण  उ मृत्युको शिकार बनिन्छ भनेर । एक मुठी सास न हो कहाँ कति बेला जान्छ भन्ने थाहा हुँदैन । क्वारेन्टाइनमा बस्यो भन्दैमा उ बाँच्दैन भन्ने पनि होईन झाडापखाला रुघाखोकी लाग्दैमा कोरोना हुन्छ  भन्ने पनि होईन र कोरोना लाग्दैन मरिन्छ भनेर सोच्नु नै गलत हो । कमसेकम त्यो युवा छट्पटिरहँदा उसलाई औषधी दिएको भए यस देशको एक सच्चा युवा बाँच्ने थियो तर यहाँ पानी समेत खान नपाई ज्यान गयो यसरि छट्पटिएर मर्नु भन्दा त घरमै पानी त खान पाउथ्यो नि कठै !

जब व्यक्ति गरिब हुन्छ उसलाई खान पनि धौधौ पर्छ गरेर खान उसंग जग्गा छैन के गरोस् उ बाटोमा भिख मागेर खान पनि कसैले दिने वाला छैन खाडीमा दिनरात मेहनत गर्दा पनि छाक टार्न सकिँदैन कसले सोचेको थियो र यो दिन आउँला आफ्नै देशमा क्वारेन्टाइनमा बस्दा औषधी नपाई ज्यान जाला भनेर ।

आजका युवा भोलि देशका  कर्णधार हुन् पाखुरा बजारेर आफ्नै भूमिमा फलाउ मेट भोक अरुको आस गर्ने हो भने पानी समेत खान पाईदैन ।

देश नै कृषिप्रधान भएपछि हामीले कृषिमा सङ्घर्ष गर्नैपर्छ ता कि भोलि कोही पनि नेपाली भोकमारीको चपेटामा परेर मर्न नपरोस् ।

खाडीमा गरिने मेहनत आफ्नै भूमिमा गरे सुन फल्छ । गरिबीले भोकमारीको सिकार भई खान नपाई नमरिएला भन्ने अवस्था छैन । गरीब र दु:खी जनतालाई कहिले हेर्छौ सरकार ?

त्यसैले खन बाझो, आफ्नै बारि फलाऊ अन्न बचाउ, छोराछोरी गरिबि र भोकमरीको सङ्कटमा परि कोही नेपाली मर्न नपरोस् ।

(लेखक पहिलो पाइला नामकसामाजिक संस्थामा कार्यरत छिन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार