दाङ : दाङमा एक व्यक्तिले खुकुरीले हानेर आफ्नै छोराको हत्या प्रयास छन् । दंगिशरण गाउँपालिका–५ का ४६ वर्षीय खुशिराम चौधरीले खुकुरीले हानेर २७ वर्षिय छोरा श्रीप्रसाद चौधरीलाई हत्याको प्रयास गरेको दाङ प्रहरीले जनाएको छ ।
उक्त खुकुरी प्रहारबाट छोरा घाइते भएका छन् । प्रहरीका अनुसार सामान्य घरायसी झगडामा आफ्नै छोरालाई बाबुले खुकुरीले हानेका थिए । छोरा श्रीप्रसादको बाँया हातमा गहिरो चोट लागेको प्रहरीको भनाइ छ । खुकुरीले हान्न बाबुलाई नियनत्रणमा लिएर अनुसन्धान भइरहेको छ ।