छथर शुक्रबारे बजारको मुख्य सडकमा धान रोपियो ।तश्विर हेर्नुहोस ।

तेह्रथुम,
आज १७ औं राष्ट्रिय धान दिवस देशभर रोपाई गरेर यो दिवश मनाईरहदा तेह्रथुमको छथर गाउपालिकाको केन्द्र शुक्रबारेको मुख्य बजारमा स्थानीयबासीले धान रोपेका छन् । गाउपालिकाको बिकासे योजना योजनामा मात्र सिमित रहेको र बजारका सडकहरु पुर्णरुपमा हिलाम्मे हुदा समेत स्थानीय सरकारले वेवास्ता गरेको भन्दै बजारको मुख्य सडक र बसपार्कमा रोपाई गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गरिएको स्थानीयबासी बिकास जोशीले बताउनुभयो । स्थानीयबासीले ओख्रे बजारको बिचभागमा समेत रोपाई गरेका छन् । गाउपालिकाले भने वडा नं. ५ को ओख्रे मार्सेमा बेठि सहितको रोपाई आयोजना गरि धान दिवश मनाईएको छ ।

सम्बन्धीत फोटोहरुः–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार