नेपालमा ७७ वटै जिल्लामा काेराेना सङ्क्रमण फैलियाे, सङ्क्रमितकाे सङ्ख्या १२ हजार नाघ्याे

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपालमा ७७ वटै जिल्लामा काेराेना भाइरसकाे सङ्क्रमण फैलिएकाे छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर काेराेना फैलिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

शनिबार रसुवाका नाै जनासहित पाँच सय ५४ जनामा काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या १२ हजार तीन सय नाै पुगेकाे हाे । रसुवामा सङ्क्रमण पुष्टि भएकामा आठ जना महिला र एक पुरुष रहेका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय २० जना महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक एक सय ३६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ ।

यसैबीच कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या २८ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे र उनमा सङ्क्रमण देखिएकाे मन्त्रालयले पुष्टि गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार