फल लाग्दा लाग्दै झर्न थालेपछि किसान चिन्तित

  लोकेन थेवे  149 पटक हेरिएको

इलाम : सबैभन्दा धेरै तत्व पाइने र अन्य फलफूल भन्दा महङ्गो मानिएको केवि फल (ठेकी फल) फल लाने समयमा फल लाग्दा लाग्दै झर्न थालेको छ ।

माईजोगमाईको प्याङ र सन्दकपुर गाउँपालिकाको सबै वडामा ६/७ वर्ष अगाडीदेखि यो व्यवसायिक खेतीको रुपमा केवि फलको खेती गरिदैं आएपनि यस पटक फल लाग्दालाग्दै अचानक झर्न थालेपछि किसानहरु निरास हुन थालेका छन् ।

हरेक वर्ष असिना पानीले राम्रोगरि फुल  लाग्न  नदिएएकाले बजारसम्म भनेजस्तो बेच्न लगेर नसकेको किसानहरु बताउँछन् । यो वर्ष असिनापानी नपरेको र केही समय अगाडि आएको हावाहुरीबाट समेत बचेकोले यो वर्ष धेरै फल्ने अनुमान गरिएको थियो । तर फल लाग्न थालेसँगै झर्न थालेकोले केवि खेतीमा लाखौं खर्च गरेका किसानहरु चिन्तित बन्न थालेका हुन् ।

माईजोगमाइ गाउँपालिकामा प्याङका गौतम बिक्रम थेबे सबैभन्दा धेरै केवि खेती गर्नेमा पर्छन् । उनले ४ वर्षदेखि केवि फल उत्पान गर्दै आएपनि हरेक वर्ष हावाहुरी र असिनापानीले बर्सेनि  दुख: दिएर सोचे र मिहनत गरे जस्तो फलाउन नसकिएको बताउँछन् । ‘यस वर्ष मौसमले साथ दिएकोले राम्रो फुल लागेकोले धेरै फल्ने आस थियो । तर फल लाग्दालाग्दै झर्न थालेको छ । के कारण फल झरेको हो अहिलेसम्म थाहा हुन सकेको छैन’ उनी भन्छन् ।

त्यस्तै सन्दकपुर गाउँपालिकामा पनि फल झर्न थालेकोकोले यो वर्ष पनि विगत वर्ष जति मात्र उत्पादन हुने अनुमान गरिएको वडा नम्बर ५ जमुनाका वडा सदस्य यज्ञ गुरुङ बताउँछन् । धेरै उत्पादन भएको समय बजार पाउन गाह्रो हुने र कम उत्पादन हुदा ग्राहकसम्म पुर्याउन नसकिएकोले गर्दा सन्दकपुर गाँउपालिकाले केवि जोन संस्था खोलेर हरेक किसानलाई केवि सम्बन्धी तालिम गर्दै यसको बजार खोजिरहेको बताउँछन् ।

सन्दकपुर गाउँपाकिलाका इलाम जिल्लामै सबै भन्दा धेरै केवि बिस्तार भएको गाउँपालिका हो । त्यसैले अहिले यो खेती विस्तारको लागि गाँउपालिकाले अनुदान समेत दिदैं आएको भएपनि यसरी फल झर्न थालेको कारण किसानमा उत्साह घट्न थालेको जमुनाका इन्द्र गुरुङ बताउँछन् ।

सन्दकपुर गाउँपालिकाको सबै वडामा यसको खेती गर्दै आइरहेको छ ।

समुन्द्री सतहको १३ सय देखि १७ सय किलोमिटर उचाई सम्ममा यो खेतीको लागि उपयुक्त्त हावापानी मानिन्छ । रोपेको ३ वर्षदेखि फल दिन थाल्ने गर्छ । बैशाख, जेठमा फुल्ने र कात्तिक, मंसिरसम्म पाक्ने गर्छ । यो खेती हाल अन्य ठाउँमा पनि विस्तार हुन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार