इलामको जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशाला निमार्ण सुरु

  लोकेन थेवे  510 पटक हेरिएको

इलाम : विकासको पुर्वाधारमध्ये फूटबल खेल पनि हो भन्ने उद्देश्यले जिल्लाको सन्दकपुर गाँउपालिकाको जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निमार्ण कार्यको धमाधम सुरु भएको छ ।

केही समय अगाडी जमुनाका फुटबल खेलप्रेमी, बौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा चन्द्रपाल थेबे ढापपोखरी सामुन्ने स्थानीय समाजसेवी तोयानाथ भट्टराईले ६ रोपनी ४ आनि जग्गा निशुल्क र बाँकी १९ रोपनी १२ आना उचित मुल्यमा दिएसँगै रंगशाला बन्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप पुगेको थियो ।

यो सम्झाउतासँगै २५ रोपनी जग्गालाई वडा कार्यालयको माताहतमा ल्याइ सकेपछि रंगशाला निमार्ण कार्य शुरु गरेको हो । यो वर्ष प्रदेश सरकारबाट प्राप्त २० लाख रुपैयाँको काम भइरहेको पूर्व फुटबल खेलाडी उमेश गुरुङले बताए । ‘यति बेला मैदान सम्याउने कार्य भैरहेको र रकम अपुग भएकोले बाँकी कार्यको लागि प्रदेश सरकार र गाउँपालिकालाई गुहारेको छौं’ गुरुङले भने, ‘उहाँहरुले पनि सहयोग गर्ने वचन दिनुभएको छ ।’

जमुना फुटबलको ब्रान्ड भएर पनि वडाको खेलमैदान नभएकोले ३४ वर्षदेखि बर्सेनि भानुदय आधारभुत विद्यालयको खेलमैदानमा खेल आयोजना गर्नुपर्ने बाध्यता थियो ।

करिब २ करोड लागत लाग्ने अनुमान गरिएको रंगशालाको लागि १६ रोपनी क्षेत्रफलको १ सय ५ मिटर लम्बाई र ६५ मिटर चौडाइ ६ रोपनी क्षेत्र फलमा प्लेयर बकस, फोर्थ अफिसियल र बाँकी क्षेत्रफलमा प्याराफिट बनाउने योजना अनुरुप काम सुचारुप भएको हो ।

आगामी २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । माईभ्याली गोल्डकपपछि सबै भन्दा धेरै दर्शक हुने र यहि चाप बर्सेनि बढेकोले रंगशाला बनाउनु अपरिहार्य रहेको वडा अध्यक्ष जितबहादुर साँवा बताउँछन् ।

हाल जमुनाबाटै नेपाली राष्ट्रिय फुटबलमा छिरिङ गुरुङ र दर्शन गुरुङले प्रतिनिधित्व गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार