प्रधानमन्त्री रोजगार कार्यक्रममा ९९ जनाले रोजगार पाए

  बालकृष्ण बस्‍नेत  211 पटक हेरिएको

माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिकामा चालु आर्थिक वर्षकाे प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत ९९ जनाले राेजगारी पाएका छन् ।

काेराेना भाइरस (कोभिड १९) को त्रासकाबीच जारी बन्दाबन्दीमा सामाजिक दुरी कायम गरि प्रधानमन्त्री राेजगार कार्यक्रम जेठ तेस्रो साताबाट सुरु भएकाे थियाे । साे कार्यक्रम अन्तर्गत गाेरेटाे, बाटाे, नाली मर्मत तथा सार्बजनिक स्थलमा काम गरिएकाे हाे ।

बाहिरबाट कामदार नल्याई स्थानियलाई नै राेजगारि प्रधान गरि विकास निर्माणमा काम गरिएकाे प्रधानमन्त्री राेजगार संयाेजक दिपेशकुमार दासले जानकारि दिए । ६ वटै वडाहरुमा तीब्र रुपले काम भईरहेकाे छ भने केही वडाहरमा अन्तिम चरणमा पुगेको दासले जानकारी दिए ।

बन्दाबन्दीमा राेजगार गुमाएका साथै अतिबिपन्नलाई राहात वितरण भन्दा राेजगार कार्यक्रम अन्तरगत सामजिक दुरी कायाम गरि काम दिने निर्णय अनुसार राेजगारी दिएकाे गाउँपालिकाका अध्यक्ष डिकेन्द् ईदिङ्गाेले बताए । गाउँ पालिकाले अतिबिपन्न तथा परिवार नै बेराेजगार भएकालाई प्रथामिकता दिएकाे छ ।

बन्दाबन्दीमा काम पाउँदा कामदार निकै हर्षित भएका छन् । प्रधानमन्त्री राेजगार कार्यक्रमका लागि गाउँपालिकालाई प्राप्त १०लाख बजेटबाट ७५ प्रतिशत  श्रमिकलाई ज्याला र २५ प्रथिशथ निर्माण तथा मझदुर सुरक्षा सामाग्री खर्च गरिने कार्य विधिमा उल्लेख रहेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार