माइजोगमाई गाउँपालिकाले गर्यो ४५ करोड ५० लाख बढिको बजेट विनियोजन (बजेट निती तथा कार्यक्रम पूर्णपाठ सहित )

  नरेन इलामेली  165 पटक हेरिएको

इलाम : इलामको माइजोगमाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७ ̷  ७८ का लागि  ४५ करोड  ५० लाख ५० हजार ३ सय वीस रुपैँयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौँ गाउँसभामा गाउपालिकाकी उपाध्यक्ष सावित्रा भट्टराईले बुधबार सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

आगमी आर्थिक बर्ष २०७७ — ७८ को कूल बजेट ४५ करोड ५० लाख ५० हजार ३ सय वीस मध्ये चालु खर्च तर्फ ७ करोड ४२ लाख ४५ हजार ६ सय, सशर्त अनुदान तर्फ १९ करोड४८ लाख ५ हजार, अन्य अनुदानका लागि ४ करोड र पुँजीगत खर्च  तर्फ १६ करोड ३९ लाख ९९ हजार ७ सय २० मात्र  बिनियोजन गरिएको छ ।

पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ६।४६३ प्रतिशत, सामाजिक विकास तर्फ १०।५४९ प्रतिशत, पूर्वाधार विकास तर्फ ४१।७८४ प्रतिशत, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९।२५२ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १।६४६  प्रतिशत, अन्यपूँजीगत खर्त तर्फ ३।७२ र अन्य वर्गीकृत नभएको समपुरक कोष समेतमा ९।१४६ बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ, भने पुँगीगत तर्फ विनियोजन भएको कुल रकमको १७।४४ प्रतिशत रकम वडागत रुपमा विभिन्न शिर्षकमा कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ ।

यस वर्ष मुख्यतः विश्वव्यपी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि रकम विनियोज गरिएको छ, साथै कृषि तथा पशु विकास,  सडक, खानेपानी,  सिंचाई र भवन निर्माण लाई उच्च प्राथमिकतामा राखीएको छ र वडा कार्यालय र गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकहरुमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ भने वडा स्तरीय सडक योजनाहरुमा कम्तिमा ४ लाखका दरले बजेट विनियोजन गरेको छ ।

त्यस्तै गाउँ सभामा आगामी आर्थिक बर्ष २०७७ ̷ ७८ का लागि गाउँपालिकाको  निती तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । गाउापालिका अध्यक्ष जीतबहादुर राईले प्रस्तुत गरेको निती तथा कार्यक्रममा यस बर्ष पनि गाउँपालिकाले  शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत खानेपानी, उद्योग पर्यटन लागायतका विषयलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७७ ्र ७८ का लागि प्रस्तुत गरिएको बजेट निती तथा कार्यक्रम यस प्रकार छ —ः

 

माननिय सभाध्यक्ष महोदय,

आज हामी विश्वव्यापी महामरी कोभिड १९ को प्रकोपको विभ ठूलो साहासका साथ यस गरिमामय सभामा यस माईजोगमाई गाउँपालिकाको उपाध्यक्षको हैसियतले नेपालको संविधान कानुन बमोजिम आगामी आर्थिक वर्ष २०७६ / ०७७ को बजेट प्रस्तुत गरिरहँदा गौरव महशुस गरेको छु । यस अवसरमा आजको लोकतन्त्रिक गणतान्त्रिक  शासन व्यवस्था र  राजनीतिक तथा सामाजिक रुपान्तरणका निमित्त आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात महान शहिदहरु प्रति हार्दिक श्रद्धानञ्जली अर्पण गर्दछु । साथै वेपत्ता तथा घाइते योद्धाहरु र वहाँहरुको परिवार जन लगायत आम गाउँबासिमा हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

 

“माईजोगमाई गाउँपालिकाको आह्वान जनश्रम र जनसहभागिताको सम्मान” भन्ने नाराका साथ विकासमा उच्च जनसहभागीताका साथ समृद्ध गाउँपालिका बनाउने हाम्रो ध्येय रहेको छ ।

 

२०७४ साल अषाढ २९ गते गठन भएको माईजोगमाई स्थानिय सरकार विभिन्न अनुभवहरु संगाल्दै माईजोगमाई गाउँपालिकाको वृहत्तर विकासका लागि अघि बढिरहेको छ । नयाँ शासन व्यवस्था नयाँ संरचना नयाँ अनुभवको बाबजुद यस माईजोगमाई स्थानिय सरकारले चौथो वर्षमा प्रवेशको संघारमा माईजोगमाई गाउँपालिकाका लागि चौथो वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अवसर प्राप्त भएको छ । जनप्रतिनिधि बाहालि भएपछि २ वटा वार्षिक बजेट तथा कार्याक्रम सफल रुपमा कार्यान्वयन भएको छ भने चालु आ.व.को बजेट तथा कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा छ ।

 

यस विचमा माईजोगमाई स्थानिय सरकारले दिगोविकासको निमित्त आयोजनहरुको डि.पी.आर. तयार गर्ने, विकास योजना तयार गर्ने कार्यको थालनि गरेको छ साथै वास्तविक तथ्याङ्कमा आधारित भएर माईजोगमाई गाउँपालिकाको प्रथम पञ्चवर्षिय योजना २०७६/७७ – ०८०/८१ तयार गरि लागु गरेको छ । यसै पञ्चवर्षिय योजना, केन्द्रिय योजना  र प्रदेशको योजनाहरु सँग तादम्यता राख्दै  साथै जनताका आवश्यकता चाहानालाई मध्यनजर गर्दै   आगामि आर्थिक वर्ष २०७७/ ०७८ का लागि बजेट तथा कार्यक्रम तयार गरिएको छ ।

 

अब म यस माईजोगमाई गाउँपालिकाको आ.व २०७७/०७८ को बजेट तपसिल बमोजिम प्रस्तुत गर्न गईरहेको छु ।

माईजोगमाई गाउँपालिकाको आ.व २०७७/०७८ को कुल बजेट ४५ करोड ५० लाख ५० हजार ३ सय २०  मध्ये चालु खर्च तर्फ ७ करोड ४२ लाख ४५ हजार ६ सय  , सशर्त अनुदान तर्फ १९ करोड ४८ लाख ५ हजार, अन्य अनुदान रु ४ करोड र पुंजीगत खर्च तर्फ १६ करोड ३९ लाख ९९ हजार ७ सय २० मात्र  बिनियोजन गरिएको छ ।

पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ६.४६३ प्रतिशत, सामाजिक विकास तर्फ १०.५४९ प्रतिशत, पूर्वाधार विकास तर्फ ४१.७८४ प्रतिशत, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९.२५२ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १.६४६  प्रतिशत, अन्यपूँजीगत खर्त तर्फ ३.७२ र अन्य वर्गीकृत नभएको समपुरक कोष समेतमा ९.१४६ बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ, भने पुँगीगत तर्फ विनियोजन भएको कुल रकमको १७.४४ प्रतिशत रकम वडागत रुपमा विभिन्न शिर्षकमा कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ ।

यस वर्ष मुख्यतः विश्वव्यपी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि रकम विनियोज गरिएको छ, साथै कृषि तथा पशु विकास,  सडक, खानेपानी,  सिंचाई र भवन निर्माण लाई उच्च प्राथमिकतामा राखीएको छ र वडा कार्यालय र गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकहरुमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ भने वडा स्तरीय सडक योजनाहरुमा कम्तिमा ४ लाखका दरले बजेट विनियोजन गरेको छ ।

 

माननीय सभाध्यक्ष ज्यु तथा सदस्य ज्युहरु, अव म विषयगत क्षेत्र तर्फको बजेट प्रस्तुत गर्न गईरहेको छु ।

आर्थिक विकास क्षेत्र :

  • कृषि उत्पादनमा आधुनिकिकरण विविधिकरण र व्यवसायिकरण गर्दै कृषि पेशालाई प्रमुख आर्थिक आधारको रुपमा विकास गरिनेछ । कृषि क्षेत्र अन्तर्गत बिउविजन वितरण कार्यक्रम, कृषकहरुको क्षमता विकास कार्यक्रम, कृषक समुहहरुलाई कृषि सम्बन्धि औजार उपकरण वितरण कार्यक्रम तथा पशु विकास कार्यक्रम समेतको लागि एकमुष्ट रु. १ करोड ४२ लाख विनियोजन गरेको छु । विषयगत कार्यालयहरुसँग समन्वय गरी थप कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 

  • घरेलु तथा साना उद्योग अनुदान र उद्यमशिलता सम्बन्धि सिप विकास कार्यक्रमको लागि एकमुष्ठ रु ३ लाख विनियोजन गरेको छु ।

 

  • पर्यटन प्रर्वद्धनका लागि नयाँबजार गुम्बाको संरक्षण तथा प्रर्वद्धन साथै थुम्के महोत्सव लागी एकमुष्ठ रु. १० लाख विनियोजन गरेको छु ।

 

  • सहकारीको सिद्धान्त मर्म अनुसार सहकारी सञ्चालन व्यवस्थापन र शसक्तिकरण कार्यक्रमका साथै जनताहरुको बिचमा बैकिंङ पहुँच पुर्याउने उदेश्यले वित्तिय साक्षरता तथा बैकिंङ कार्यक्रमको लागि एकमुष्ठ रु. ८ लाख विनियोजन गरेको छु ।

सामाजिक विकास क्षेत्र :

 

  • शिक्षालाई माईजोगमाई गाउँपालिकाको विकास र समृद्धिको आधारको रुपमा लिइनेछ । यस वर्ष विद्यालयको भौतिक पुर्वाधार भन्दा शैक्षिक क्षेत्रमा क्षमता विकासका कार्यक्रमहरु, शिकाई प्रशिक्षण तथा शैक्षिक सुधार कार्यक्रमका लागि एकमुष्ठ रु. ४० लाख विनियोजन गरेको छु । शिक्षा सम्वन्धी थप कार्यक्रमहरु विषयगत कार्यालयबाट समेत हस्तान्तरण भई थप हुनेछन् ।

 

  • स्वास्थ्य नै मानिसको महत्वपूर्ण धन हो भन्ने मुल मर्मलाई यस गाउँपालिकाले अनुशरण गर्नेछ । यसका लागि स्वास्थ्य केन्द्रहरुमा आवश्यक सामाग्रीहरुको व्यवस्थापन कार्यक्रम, स्वास्थ्य केन्द्रहरुको मर्मत संभार र स्वास्थ्य सेवा गुणस्तर प्रर्वद्धन अन्तर्गत अत्यावश्यक ‍औषधि खरिद जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ । यी कार्यक्रमहरुको लागि एकमुष्ठ रु. ४० लाख विनियोजन गरेको छु ।

 

  • खानेपानी तथा सरसफाई सेवालाई प्रर्वद्धन गर्न गाउँपालिकाबाट विशेष जोड दिइनेछ । यसका लार्गिे, वडास्तरमा खानेपानीको मर्मत तथा व्यवस्थापन कार्यक्रम साथै यसै वर्ष गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ । यी कार्यक्रमहरुको लागि एकमुष्ठ रु. २ करोड ९६ लाख  विनियोजन गरेको छु ।

 

  • शिव दुर्गा मन्दिर जौवारी मर्मत, साकेला थानमा यलम्बर मुर्ति स्थापन , दुर्गा मन्दिर निर्माणका लागि एकमुष्ठ रु. ११ लाख विनियोजन गरेको छु ।

 

  • गाउँपालिकामा क्षेत्रमा खेलकुदको प्रर्वद्धन र विकासका लागी खेलकुद कार्यक्रम संचालनलाई प्राथमिकता दिईनेछ । खेलकुद कार्यक्रम अन्तर्गत एकमुष्ठ रु. १५ लाख विनियोजन गरेको छु ।

 

  • यस गाउँपालिकामा रहेका महिला, आदिवासी जनजाती, दलित, बालबालिका , जेष्ठ नागरिक, अपाङ्ग.र सिमान्तकृतहरुलाई लक्षित वर्गहरुको रुपमा लिदै यिनीहरुको शसक्तिकरणका लागि सिप विकास, आयआर्जन तथा रोजगारमुलक कार्यक्रमहरु संचालन गर्न एकमुष्ठ  रु. ४७ लाख  विनियोजन गरेको छु ।

 

  • स्थानीय तहको घोषणासँगै पुर्वाधार विकासमा तिव्रता दिनु अतिआवश्यक देखिएको छ । तसर्थ पूर्वाधार विकासको लागि स्थानिय सडक तथा पुलको क्षेत्रमा तिब्र गतिमा विकास गर्ने गरी यस वर्ष मुख्यत बजेट विनियोजन गरेको छु ।

 

नयाँबजार बजारक्षेत्र पि.सि.सि. ढलानका लागी रु १ करोड ७० लाख,  इ.न.पा ब्रजदेवि हात्तिटार शुक्रबारे चित्रे नयाँबाजर सडकको लागी रु ७५ लाख,  स्याल ढुङ्गा सरस्वति मा.वि. सोमगोलाई हर्रापाखा बममायागोलाई कृष्णगोलाई पिङ्गगोलाई अर्चलेपुल इ.न.पा सडक रु ५५ लाख विनियोजित रकम योजना निरन्तर्ता गर्दै थप रकम विनियोज गरेको छु । पुल तथा झोलुङ्गे पुल मर्मत निर्माण साझेदारीका लागि रु १० लाख गरी जम्मा स्थानिय सडक पुल तथा झोलुङ्गेपुल तर्फ वडा स्तरीय बाटोहरु समेत गरी एकमुष्ठ रु८ करोड ४ लाख २६ हजार ७ सय २० मात्र विनियोजन गरेको छु ।

 

  • गाउँपालिकामा क्षेत्रमा कृषि उत्पादनमा वृद्धि गर्न सिंचाईको भरपर्दो व्यवस्था गरिनेछ । यसको लागि वडास्तरीय सिंचाई मर्मत सुधार कार्यक्रमको लागि रु. २७ लाख विनियोजन गरेको छु ।

 

  • यस गाउँपालिका क्षेत्रभित्रका दायित्वमा पर्ने सरकारी तथा सार्वजनिक भवन मर्मत तथा निर्माणका लागि एकमुष्ठ रु ३१ लाख विनियोजन गरेको छु ।

 

  • गाउँपालिकाका सम्पूर्ण वडाहरुमा विद्युत विस्तार गरि यस गाउँपालिकालाई विद्युतिय पहुँच पुगेको गाउँपालिकाको रुपमा विकास गर्ने दिर्घकालिन सोचका साथ अगाडी बढिनेछ । यस आ.व मा गाउँपालिका क्षेत्रका विभिन्न वडाहरुमा विद्युत विस्तार र मर्मत कार्यक्रमको लागि एकमुष्ट रु. ३० लाख विनियोजन गरेको छु । थप कार्यक्रमका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।

 

  • यस गाउँपालिका द्रुत गतिको इन्टरनेट सुविधा युक्त बनाउन रु ५ लाख विनियोजन गरेको छु ।

 

 

  • वातावरणिय संरक्षण र विश्वव्यपी रुपमा फैलिएको महामारी कोभिड १९ साथै यसबाट हुन सक्ने जोखिम न्युनिकरण गर्न लागि एकमुष्ठ रु १ करोड ५१ लाख ७३ हजार विनियोजन गरेको छु ।

 

  • गाउँपालिका बाट प्रवाह हुने सेवा प्रवाहको पद्धतिमा सुधार गर्ने, जनताको घर दैलोमा सेवा प्रवाहको पहुँच पुराउन घुम्ति सेवा संचालन गर्ने, गुनासो सुनुवाई संयन्त्र निर्माण गर्ने जस्ता सुशासन कायम गर्ने कार्यक्रम तथा कर्मचारी / पदाधिकारी तालिम अवलोकन भ्रमण, न्यायिक समितिका लागि क्षमता विकासका कार्यक्रम पञ्जिकरण व्यवस्थापन कार्यक्रम गर्ने गरि कार्यक्रमहरु संचालन गरिनेछ । यी कार्यक्रमको लागि एकमुष्ट रु. ३५ लाख   विनियोजन गरेको छु ।

 

  • आर्थिक श्रोतको सुनिश्चितता नै विकासको सुनिश्चितता भन्ने मूल धेयका साथ ऐन नियम बनाई यस वर्षबाट स्थानिय विकास कोष सञ्चालन गर्ने गरी रु ५ लाख विनियोजन गरेको छु । भने अन्य विकास साझेदार निकायहरु सँग साझेदारीमा काम गर्ने गरी समपुरक कोषमा एकमुष्ट रु. १ करोड ५० लाख विनियोजन गरेको छु ।

 

समस्याहरु धेरै छन् सबैको एकैपटक समाधान संभव छैन र हुन पनि सक्दैन । वर्तमान सन्कटको घडीमा वस्तुगत यथार्थ धरातलमा उभिएर चुनौतिहरुको सामना गर्न हामी सबै कटिबद्ध, प्रतिबद्ध र एकताबद्ध बनौँ । उज्जल भविष्य निर्माणको लागि आशावादी बनौँ ।

अन्तमा, हामी राज्य पुर्नसंरचना अन्तरगत नयाँ व्यवस्थाको अभ्यासको क्रममा छौ । यो संक्रमणकालिन समयमा हामी जति मेहेनत र परिश्रमका साथ अगाडी बढ्छौ त्यति नै संक्रमणकाल लाई छिटो अन्त्य गरि माईजोगमाई गाउँपालिकालाई विकास र समृद्धिको पथमा अगाडि बढाउन सफल हुन्छौ भन्ने मैले विश्वास लिएको छु । यस ऐतिहासिक र अभूतपूर्व परिवर्तनलाई संस्थागत गर्न यस माईजोगमाई गाउँपालिकामा क्रियाशिल राजनीतिक दलहरु, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था, वुद्धिजीवि, विकास प्रेमी, संचार जगत, आम जनताको साथ र सहयोगको यस गाउँपालिका ठुलो अपेक्षा गर्दछ ।

आफनो बजेट र नीति योजना आफै तर्जुमा गरि विकासको गति र दिशा तय गर्ने हाम्रो यो ऐतिहासिक अवसर र चुनौति पनि हो । यो नीति तथा बजेट निर्माण कार्यमा सुरु देखि नै  आफनो बुद्धि विवेक र परिश्रमले सहयोग गर्नुहुने प्रमुख प्रशासकिय अधिकृत, गाउँकार्यपालिकाका सम्पूर्ण सदस्यहरु, सरोकारवाला वर्ग र कर्मचारी मित्रहरुप्रति विशेष आभार प्रकट गर्दछु ।

 धन्यवाद  !

श्री सावित्रा भट्टराई

उपाध्यक्ष

माइजोगमाइ गाउँपालिका इलाम

मिति २०७७/३/१०

 

 

आगामी आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम

 

सातौं गाँउसभामा अध्यक्ष श्री जीत बहादुर राई बाट प्रस्तुत आर्थिक बर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम

 

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम

आदरणीय गाँउ सभा सदस्य ज्यू हरु,

माईजोगमाई गाँउपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम यहाँहरु समक्ष पेश गर्न पाउँदा मलाई खुसी लागेको छ ।

नेपालको संविधानले अवलम्वन गरेको संघीय शासन प्रणाली कार्यान्वयन क्रममा धेरै कुरा प्रष्ट नभई सकेको संक्रमणकालीन अवस्थामा यस माईजोगमाई गाँउपालिकाको नीति तथा कार्यक्रम गाँउ कार्यपालिकाको निर्णय बमोजिम प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित ठानेको छु ।

यस अवसरमा म विभिन्न कालखण्डमा जनताको अधिकार प्राप्तिको आन्दोलनहरुमा सहादत प्राप्त गर्नु हुने ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धाञ्ली अर्पण गर्दछु ।

स्थानीय तहको निर्वाचनले एकातिर सार्वभौम नागरिकलाई निर्वाचित जनप्रतिनिधीहरु मार्फत राज्य शक्तिको प्रयोग गर्ने अवसर प्रदान गरेको छ भने अर्को तिर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई संस्थागत गर्ने मार्ग प्रशस्त गरेको छ ।

संवैधानिक व्यवस्था बमोजिम जनताको नजिकका सरकारको रुपमा रहेको स्थानीय तहका अधिकार क्षेत्रको प्रयोग गर्दै जनअपेक्षा अनुरुप दिगो शान्ति, स्थायित्व, विकास र सम्वृद्धिको गन्तव्य हासिल गर्ने चरणमा हामी प्रवेश गरेका छौं । यस बीचमा स्थानीय निकायको स्वरुपलाई संविधान प्रदत स्थानीय तहको व्यापक क्षेत्राधिकार भएको बलियो स्थानीय सरकारको रुपमा रुपान्तरण गर्ने प्रक्रियालाई संगसंगै र सावधानीपूर्वक अघि बढाउनु परेको छ ।

जनताको लामो समयको संघर्ष पछि प्राप्त लोकतान्त्रिक संघीय गणतन्त्रात्मक व्यवस्थाको सफल र व्यवहारिक कार्यान्वयनको जटिल र चुनौतिपूर्ण मोडमा छौं । त्यस अर्थमा अलिकति असावधानीले पनि निकै ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आउन सक्ने विषयलाई हामीले गम्भीरता पूर्वक लिंदै आफ्ना कदमहरु अघि बढाउनु परेको छ ।

माननीय सदस्य ज्यूहरु,

आज विश्वभर कोरोना (कोभिड १९) महामारीको भयावह अवस्था रहेको छ । यसबाट मुख्यगरी स्वास्थ्य, शिक्षा र न्याय अत्यन्तै प्रभावित भएको छ । कोभिडको प्रकोपले आज त्रासको अवस्था रहेको छ । संसारभर उद्योग पेशाव्यवासाय चौपट भएको छ । देश पूरै बन्दाबन्धीको अवस्थामा रहेको छ । विद्यालयहरु क्वारेन्टिनको क्षेत्रको रुपमा परिणत भएका छन् ।कुल जनसंख्याको करिब आधा जनसंख्या रहेको विद्यार्थीहरुको पठनपाठन अवरुद्द भएको छ । गरिब, नियमित श्रम गरी छाक टार्ने समुदाय अत्यन्तै चपेटामा परेका छन् । रोजगारी सिर्जना हुने उत्पादन क्षेत्र बजार तथा सेवा क्षेत्रहरु अस्तव्यस्त छन् । वैदेशिक रोजगारीको क्षेत्र दिन प्रतिदिन जोखिममा परेको छ ।महामारीका कारण मानिसमा अभाव, चिन्ता, त्रास, सामजिक असुरक्षा बढेकोकारण मनोसामजिक समस्या बढेको छ । न्याय प्राप्तीका लागि कठिनाइ बन्दै गएका छन् । राजश्व असुली र सरकारको आन्तरिक तथा वाह्यक्षेत्रबाट आउने श्रोतहरु कठिनाइपूर्ण भएका छन् ।विकास आयोजना तथा क्षमता विकासको कार्याक्रम कार्यन्वयनमा  चुनौति थपिएको छ । बैदेशिक रोजगारीबाट घर आएका र कोविड १९ संक्रमित नागरिकहरुलाई समाजले घृणा,  अपमानको द्दष्टिकोणले हेर्ने अवस्था  समाजमा बढेको कारण उनीहरुको सामजिक पुनःस्थापना चुनौतिपूर्ण बन्ने देखिएको छ ।

 

यिनै विषय वस्तुको पृष्ठ भूमिमा माईजोगमाई गाँउपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक गाँउपालिका विकास नीति तथा कार्यक्रम तयार गरिएको छ ।

अव म आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक गाँउपालिका विकास नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

 

नीति तथा कार्यक्रम

१.         कृषि तथा पशुपन्छी विकास नीति :

  • भू–उपयोग नीति अनुसार गाँउपालिकाको भू–बनोट तथा हावापानीलाई मध्यनजर गर्दै कृषि बालीहरुको पकेट क्षेत्र निर्धारण गरी सोही अनुसार जैविक कृषि उत्पादनमा विविधिकरण गर्न प्रोत्साहित गरिनेछ ।
  • माईजोगमाई गाँउपालिकाको ६ वटै वडामा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्न विभिन्न संघ संस्थासँग समन्वय गरी आवश्यक प्राविधिक तालिम प्रदान गरिनेछ ।
  • यस गाँउपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफुलजन्य, दुग्धजन्य तथा मासुजन्य उपजको सम्बन्धित व्यवसायी सँग समन्वय गरी संकलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी बजारीकरण गरिनेछ । साथै पशुबधशाला तथा आधुनिक कोल्ड स्टोर स्थापनाको लागि पहल गरिनेछ ।
  • तरकारी खेती, मत्स्यपालन, पुष्प व्यवसाय, मौरीपालन तथा च्याउ खेती लगायतमा युवाहरुलाई आकर्षित गर्न युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सुख्खा क्षेत्रको रुपमा चिनिएको यस गाँउपालिकाको विभिन्न क्षेत्रलाई सिंचाइको व्यवस्था मिलाउनको लागि जोगमाई, माई, सोयाङ खोला लगायतका सबै सम्भावना भएका खोलाहरुमा बाँध निर्माण गरिनुका साथै आकाशे पानी संकलनको लागि प्लास्टीक पोखरी, स्थायी पोखरीआदिको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने नीति अवलम्बन गरिने छ ।
  • प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत गाँउपालिका भित्रका क्षेत्रलाई मकै ब्लक तथा आलु सुपर जोन कार्यक्रमलाई प्राथमिकता र प्रभावकारी ढंगले कार्यान्वयन गर्ने नीति लिइनेछ ।
  • एक वडा एक पशु स्वास्थ्य प्राविधिक तथा एक वडा एक कृषी प्राविधिक व्यबस्था गरि सम्बन्धित कार्यक्रमलाई पशुपन्छी पालक, समुह र सहकारीसँग आवद्ध गरी व्यवसायिक पशु स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिनेछ ।
  • पशु विमा कार्यक्रम, पाडापाडी हुर्काउने कार्यक्रमलाई विशेष प्राथमिकता साथ संचालन गर्न तालिम प्रदान गरिने छ।आगामी तिन वर्ष भित्र सम्पूर्ण कृषकहरुलाई व्यबसायिक बनाई मासु, अण्डा तरकारी र कृषिजन्य उत्पादनमा आत्मनिर्भर उन्मुख बनाइनेछ ।
  • सामुदायिक वन लगायत बाँझो जमिनमा विभिन्न जातका फलफुलका बिरुवा रोपी कृषि वनमा रुपान्तरित गरिनेछ । जग्गा बाँझो राखी शहर केन्द्रित जग्गा धनीहरुका निजी जग्गामा वृक्षारोपण गराई एक परिवार एक निजी वन बनाउन प्रोत्साहित गरिनेछ ।
  • एक घर एक करेसाबारी र एक घर एक अर्गानिक उत्पादनको अवधाणा विकास गरी अर्गानिक तरकारी उपभोगको लागि कृषकहरुलाई प्रोत्साहित गरिनेछ ।
  • कृषि पेशालाई मर्यादित, वैज्ञानिक तथा उत्पादनमूलक बनाउन गरिव तथा जेहेन्दार विद्यार्थी पहिचान गरी उच्च कृषि शिक्षा अध्ययनका लागि गाँउ स्तरीय विशेष कृषि छात्रवृत्तीको व्यवस्था गरिनेछ ।
  • उद्यमी तथा बैदेशिक रोजगारबाट सम्बन्धित क्षेत्रमा अनुभव हासिल गरी फर्किएका कृषि तथा पर्यटन विकासमा लगानी गर्न चाहने व्यक्ति वा समुहहरुको प्रस्तावना हेरि म्याचिङ्ग अनुदानको व्यवस्था गरिनेछ ।
  • गाँउपालिकाभित्र १८ महिने वालि विज्ञान र पशु विज्ञान अध्ययन गर्ने शिक्षण संस्था स्थापनाको लागि विशेष पहल गरिने छ ।
  • कृषि उत्पादन बढाउन मलखादमा अनुदान र यान्त्रिकिकरणका लागि सहयोग गरिने छ ।
  • असंगठित किसानहरु र कमजोर आय भएका किसानहरुलाई मिनिकिट, बिउबिजन र प्राविधिक सेवा उपलब्ध गराइनेछ ।
  • अर्ग्यानिक उप्पादनका लागि जैविक मल तथा ‍औषधी  बनाउने तालिम प्रदान गरिने छ ।

२.         वातावरण संरक्षण नीतिः

  • पालिकाको प्रमुख राजमार्गको क्षेत्राधिकार भित्र ग्रिन बेल्ट घोषणा गरी वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।
  • जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न सामुदायिक वन तथा समुदायको सहयोगमा एक वडा एक नर्सरी तथा एक वडा एक पोखरी कार्यक्रम क्रमशः सञ्चालन गरिनेछ ।
  • चौतारा, पोखरी, खानेपानीको मुल संरक्षण लगायतका वातावरणमैत्री स्थानीय शासन प्रारुपका सूचकहरु प्रवर्धन गरिनेछ ।
  • गाँउपालिकाबाट सञ्चालन गरिने पूर्वाधार निर्माणका कार्यहरुलाई वातावरण संरक्षणसँग आबद्ध गरिनेछ ।
  • वातावरणमैत्री घरको सूचक, टोल तहका सूचक, वडा तहका सूचक तथा गाँउपालिका तहका सूचकहरु निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
  • विभिन्न क्षेत्रसँगको सहकार्यमा वातावरणमैत्री कार्यक्रमहरु संचालन गरिनेछ ।
  • टोल विकास संस्थाहरुबीच वातावरणमैत्री टोल, वातावरणमैत्री वडा घोषणाको अवधारणा अनुसार प्रतिष्पर्धा गराई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।
  • वनलाई वातावरण संरक्षण सँगसँगै आय आर्जनसँग जोडेर सदुपयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
  • नदी, खोल्सा किनाराको दुवै तर्फको २० मिटर भूमिमा रुख तथा बोटविरुवा लगाउने नीति अवलम्बन गरिनेछ ।
  • गाँउपालिकावासीले आफ्नो नम्बरी आवादीको रुख कटान गर्नुपरेमा २० इन्चभन्दा कम गोलाई भएको कुनै पनि रुख कटान गर्न पाउनेछैन । वडाको जनप्रतिनिधिको उपस्थितिमा गरिएको सर्जमिन मुचुल्का र सिफारिसको आधारमा गाँउपालिकाको स्वीकृति विना छपान कटान गर्न पाइने छैन ।
  • एक रुख कटानी गरेबापत कटानी गर्ने गराउनेले कम्तीमा दुई विरुवा हुर्काउनु पर्ने नीति अवलम्बन गरिनेछ ।
  • विभिन्न स्थानमा रहेको सार्वजनिक जमिनमा जडिबुटी प्रजातिका बिरुवा लगाई बोटानिकल गार्डेनको रुपमा विकास गरिनेछ ।
  • ३ वर्ष भित्र सम्पूर्ण टोल, वडा वातावरणमैत्री घोषणा गरी वातावरणमैत्री गाँउपालिका घोषणा गरिनेछ ।
  • एक गाँउ एक उद्यान कार्यक्रमलाई वडा वडासम्म विस्तार गर्न वडा समितिहरुलाई प्रोत्साहित गरिनेछ ।
  • सडक छेउका उपयुक्त स्थलमा स–साना उद्यान (बगैंचा) निर्माण गर्ने गराउने नीति अवलम्बन गरिनेछ ।
  • हरियाली गाँउ प्रवर्धनका लागि हरित सडक, खोला खोल्सीमा वृक्षारोपण र एक घर ३ फलफुलका विरुवा रोपी हुर्काउनु पर्ने नीति लिइएकोछ । घर निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्दा यसको अनुगमन गरिनेछ ।
  • गाँउपालिका भित्र हुने भू–स्खलन, बाढी, आगलागी, भुकम्प आदि जस्ता प्राकृतिक विपत्ति र अन्य कृतिम विपत्तिबाट तुरुन्त राहतका कार्यक्रम गर्न गाँउपालिका, नेपाल प्रहरी, नेपाली सेना लगायत विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी कार्यान्वयन गरिनेछ ।
  • गाँउपालिका भित्र उपयुक्त स्थान पहिचान गरी कृतिम ताल निर्माण गरिनेछ ।
  • भित्री वायु प्रदुषण न्यूनीकरण गर्न बायोग्याँस तथा सुधारिएको चुलो निर्माणका लागि प्रोत्साहन गरिनेछ ।
  • दुर्लभ वन्यजन्तु संरक्षणका लागि प्राथमिकताका साथ संरक्षणका कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गाँउपालिकाको व्यस्त क्षेत्र भित्र उपयुक्त स्थान छनोट गरी सार्वजनिक शौचालयको व्यवस्था गरिनेछ ।

३.         विपद व्यवस्थापन नीतिः

  • प्राकृतिक वा मानवीय कुनैपनि कारणबाट हुन सक्ने विपदबाट बच्न बचाउन सचेतना कार्यक्रम संचालन, समुदायमा आधारित सहयोग टोली टोलबस्ती स्तरमा निर्माण तथा परिचालन गरिने छ ।
  • विपदबाट हुने क्षति कम गर्न आवश्यक पर्ने न्यूनतम यन्त्र, साधन तथा औजारहरुको उचित व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
  • विपद् उद्धारमा सबैभन्दा पहिला पुग्ने सुरक्षा निकायहरुलाई उद्धारका लागि आवश्यक सामग्रीयुक्त बनाउने नीति अवलम्बन गरिनेछ ।
  • विपद् व्यवस्थापनलाई समन्वय, सहयोग तथा नियन्त्रण का आधारमा संचालन गरिने छ ।
  • आकस्मिक सेवाका सवारी साधनहरु जस्तै एम्बुलेन्सलाई अन्तरपालिका साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिनेछ ।
  • गाँउपालिकाद्वारा संचालित विपद् व्यवस्थापन कोष व्यवस्थित गर्दै विपद व्यवस्थापन केन्द्र स्थापना गरी कार्यान्वयन गरिनेछ ।
  • वडा स्तरीय विपद् व्यवस्थापन समिति र गाँउपालिका स्तरीय विपद् व्यवस्थापन समिति गठन गरी स्रोत साधनयुक्त बनाई तयारी अवस्थामा राखिने छ ।
  • गाँउपालिका भित्र संचालित व्यवसाय, पसल, कलकारखाना, संघ–संस्था तथा सहरी क्षेत्रका घरहरुमा अग्नि नियन्त्रक यन्त्र (Fire Extinguisher) राख्ने नीति अबलम्बन गरिने छ ।
  • विपद उद्धार तथा राहतमा सहजताको लागि यस पालिकामा हेलीप्याड निर्माण गर्दै लगिनेछ ।
  • दैविक प्रकोप, महामारी र विपदमा परेका नागरिकहरुलाई अस्थायी आवास पुनःस्थापनामा यथोचित सहयोग उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ।

 

 

४.         फोहरमैला तथा सरसफाई सम्बन्धी नीति :

 

  • फोहर जसले गर्दछ मूल्य उसैले तिर्नुपर्दछ भन्ने सिद्धान्त र फोहरबाट मोहर बनाउने नीतिलाई अवलम्बन गर्दै गाँउपालिका क्षेत्रमा उत्सर्जन हुने फोहरमैलालाई व्यवस्थित ढंगले व्यवस्थापन गरिनेछ ।
  • फोहरमैला नै उत्पादन नगर्ने, गरेपनि न्यून गर्ने, त्यसलाई पूनः प्रयोग गर्ने कार्यलाई व्यवहारमा अवलम्बन गर्न सरोकारवालाहरुको सहयोग र सहभागितामा सीपमुलक र सचेतनामुलक कार्यक्रम संचालन गर्ने गराउने नीति लिइनेछ ।
  • फोहरमैला उत्सर्जन स्थलमा नै कुहिने र नकुहिने फोहर छुट्याई कुहिने फोहरलाई मल बनाई करेसाबारीमा प्रयोग गर्ने गराउने तथा बजार क्षेत्रमा करेसाबारी प्रतियोगिता र डस्टविन सफा राख्ने मुल्यांकन जस्ता प्रतियोगिता संचालन गरी पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।
  • वडास्तरमा उत्सर्जन हुने फोहर वडास्तरमा नै संकलन केन्द्र तथा श्रोतमा नै प्रकृति अनुसार छुट्याउने व्यवस्था मिलाउन वडा समितिहरुलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिनेछ ।
  • फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्रको निर्माण तथा संचालन गर्न पहल गरिनेछ ।
  • एक वडा एक वातावरणमैत्री पार्क तथा एक वडा एक ल्याण्डफिल्ड साइट निर्माण गर्ने नीति लिइनेछ ।
  • माईजोगमाई गाँउपालिका क्षेत्रलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न सामाजिक परिचालन गर्ने तथा सार्वजनिक स्थलहरुमा स्थानीय समुदायबाटै व्यवस्थापन हुने गरी शौचालयहरु निर्माण गर्ने गराउने नीति रहनेछ ।
  • पशु–पन्छी तथा घर पालुवा जनावरले निष्कासन गर्ने विष्टाको उचित व्यवस्थापन गर्ने र त्यसबाट अरुलाई दुर्गन्ध फैलाउने तथा रोगको बाहक बनाउने कार्यको जिम्मेवारी र जवाफदेहिता सम्बन्धित जनावर धनीकै हुनुपर्ने नीति अवलम्बन गरिनेछ ।

५.         भौतिक तथा पूर्वाधार विकास नीति :

  • समुन्नतिको सबैभन्दा ठूलो साधनको रुपमा रहेको भौतिक पूर्वाधार क्षेत्रको एकीकृत र व्यवस्थित विकासका लागि कम्तीमा पनि २० वर्षे दीर्घकालीन सोचका साथ एकीकृत गाँउपालिका विकास योजना निर्माण गरी सोहि आधारमा वार्षिक गाँउपालिका विकास योजना निर्माण कार्यान्वयन गर्ने नीति लिइने छ ।
  • भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा गाँउपालिकाले लगानीकर्ता, उत्प्रेरक, सहजकर्ता, समन्वयकर्ता, नियामक र नियन्त्रकको रुपमा भूमिका निर्वाह गर्ने नीति लिइनेछ ।
  • निर्मित पूर्वाधारहरुको नियमित मर्मतसम्भार, सञ्चालन, संरक्षण एवं सम्वर्धन गर्न निजी क्षेत्र तथा सामुदायिक सहकारी क्षेत्र र उपभोक्ता समितिहरुलाई प्रोत्साहित गर्ने नीति लिइनेछ ।
  • भौतिक पूर्वाधार निर्माणलाई स्थानीय गाँउवासीहरुको दिन चर्यालाई सहज बनाउने तथा आर्थिक आयआर्जनसँग जोड्दै समृद्धितर्फ उन्मुख गरिने नीति लिइनेछ ।
  • बढि भन्दा बढि जनसहभागिता जुट्ने योजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
  • भौतिक पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत सञ्चालन हुने भौतिक पूर्वाधारका योजनाहरुमा वडा स्तरमा ४ लाख र गाँउपालिका स्तरमा २५ लाख भन्दा कम लागतको कार्यक्रम सञ्चालन गर्न निरुत्साहित गरिनेछ ।
  • पेश्की शुन्य अभियानका लागि पेश्की दिने कार्यलाई निरुत्साहित गरी प्राविधिक मूल्याङ्कनका आधारमा भुक्तानी दिइने नीति अवलम्बन गरिने छ, तर स्वीकृत खरिद योजना बमोजिम निर्माण सामग्री खरिद गर्नु पर्ने भई उपभोक्ताको योगदान सहभागिता यकिन गरि पेश्की उपलब्ध गराउन सकिनेछ ।
  • गाँउपालिकामा रहेका गाडी, डोजर लगायतका सवारी साधनहरु सुरक्षित पार्किङ्ग गर्नको लागि कम्पाउण्ड तथा ग्यारेज निर्माण गरिनेछ ।
  • यस गाँउपालिका भित्र रहेका सामाजिक प्रतिष्ठित व्यक्तित्वहरुको उच्च सम्मानार्थ पार्क, प्रतिक्षालय निर्माण गरिनेछ । साथै सामुदायिक भवन निर्माण गर्ने निति लिने छ ।
  • भौतिक पूर्वाधार निर्माणमा जनपरिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने नीति लिइने छ ।

 

६.         सडक तथा यातायात तर्फ :

  • गाँउपालिकास्तरीय गौरबको योजना तथा ग्रामिण सडकको डिपिआर र गुरुयोजना निर्माण गरि कार्यन्वयन गरिनेछ ।
  • विकासको आधारभूत अंगका रुपमा रहेको सडकहरुमा सानोतिनो रकम लगानी गरी निरन्तर एउटै काम र स्थानलाई दोहोर्रयाई रहने परम्परालाई अन्त्य गर्दै न्यूनतम शहरी सुविधा तथा वडाहरुको भौगोलिक सन्तुलनलाई समेत ध्यानमा राखी जिल्ला स्तरीय तथा गाँउपालिकास्तरीय यातायात गुरुयोजनामा परेका सडकहरुलाई प्राथमिकताका आधारमाDPRतयार गरी क्रमशः बाह्रै महिना सञ्चालन हुने तथा कालोपत्रे बनाउने कार्यको लागि आवश्यक पहल अगि बढाईने छ ।
  • सडक निर्माण गर्दा पानीका मूहानहरुलाई संरक्षण र प्रवर्धन गर्दै एकीकृत रुपमा निर्माण कार्य अगाडि बढाइनेछ ।
  • वडा कार्यालयबाट गाँउपालिकासम्म जोड्ने सडकलाई सडकको मापदण्ड अनुसार बाह्रै महिना सवारी साधन चल्न सक्ने बनाउन प्राथमिकता दिइनेछ ।
  • जिल्ला यातायात गुरु योजना र गाँउपालिका यातायात गुरु योजना अनुसार सडकको क्षेत्राधिकार क्रमशः रेखाङ्कन तथा सीमाङ्कन गरिनेछ ।
  • सडकमा निर्वाध रुपमा आवतजावत गर्न अवरोध श्रृजना गर्ने कार्य (सडक निर्माण सामग्री राख्ने, सडक मिचेर घरटहरा बनाउने, पाली गाँस्ने, पसल थाप्ने) जस्ता कार्यहरुलाई निरुत्साहित गरिनेछ । अटेर गरी अवरुद्ध गर्ने कार्यलाई दण्डीत गरिनेछ ।
  • ट्रयाक खोलिसकेका तर मौसमी रुपमा रहेका सडकहरु निर्माण कार्य गर्दा गाँउपालिकाको स्वीकृत मापदण्डका आधारमा बढीमा ३० प्रतिशत माटोको काम र ७० प्रतिशत कार्य सञ्चालनमा खर्च गर्दै बाह्रैमास चल्ने सडकमा रुपान्तरण गर्ने कार्यक्रम स्वीकृत गरी गराई निर्माण कार्य सञ्चालन गर्ने नीति लिइनेछ ।
  • सडक निर्माण गर्दा नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गर्दै भइरहेका सडकहरुलाई स्वीकृत मापदण्डका आधारमा स्तरोन्नतिमा जोड दिइनेछ ।
  • स्थानीय तहको निर्माण पछि यस गाँउपालिकाको क्षेत्र विस्तार भएकोले भौगोलिक अवस्थालाई मध्यनजर राखी सबै वडाहरुलाई समेट्ने गरी गाँउपालिका चक्रपथको सम्भाव्यता अध्ययन सहित DPR तयार गरिनेछ ।
  • हाल सञ्चालनमा रहेका DPR नबनेका सडकहरु प्राविधिक (इन्जिनियरिङ) दृष्टिबाट उपयुक्त भए नभएको एकीन गरी आवश्यक स्थानमा सुधार गर्नेगरी मात्र थप लगानी कार्य गरिनेछ ।  ठुला योजना संचालन गर्दा नेपाल सरकारको नितिबमोजिम मेशीनरी सामान प्रयोग गर्न निरुत्साहित गरिने छ ।
  • सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाहरु देखि गाँउपालिका कार्यालयसँग जोडिएका सडकहरुको स्तरोन्नती गरी बाह्रैमास चल्ने बनाइने छ । साथै नयाँ ट्रयाकहरुमा नाली निर्माण अनिवार्य गरिनेछ ।
  • प्रमुख सडकहरु सँग जोडिएको स्थान विन्दुमा यात्रु प्रतिक्षालय निर्माण गरिनेछ ।
  • गाँउपालिका भित्र रहेको बजार क्षेत्रको सडकको दायाँबायाँ सडकपेटी निर्माण गर्न पहल गरिने छ ।

 

७.        खानेपानी तथा सरसफाई नीतिः

  • स्थानीय स्तरमा रहेका पानीका मुहानहरुको संरक्षण सम्वद्र्धन र प्रयोग गर्न तथा टोल बस्तीका पानीका परम्परागत मुहानहरुलाई स्वच्छ र सफा राख्न प्रत्येक वडा समितिको अगुवाईमा टोल विकास संस्था, सामुदायिक संघ संस्था तथा समुदाय परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
  • गल्छी खहरे खोल्साबाट हुने भुक्षयको नियन्त्रणको लागि वायो इन्जिनियरिङ प्रविधि मार्फत संरक्षणका कार्यक्रम समुदायको अग्रसरतामा सञ्चालन गर्ने नीति लिइनेछ ।
  • पानीका मुहान भन्दा माथि विषादीको प्रयोग गर्ने कार्यलाई पूर्ण प्रतिबन्ध गरिनेछ । अटेर गरी त्यस्तो कार्य गर्नेलाई दण्ड जरिवाना गरिनेछ ।
  • गाउँपालिकाभरी खानेपानी व्यवस्थित गर्नका लागि प्राथमिकताका आधारमा खानेपानी, सिँचाइ, पशुपालन र जल विधुत आदिको आधारमा व्यवस्थित गरिनेछ ।
  • घरघरमा आकाशेपानी संकलनका लागि प्रोत्साहित गर्ने नीति अवलम्बन गरिनेछ ।
  • खानेपानी मुहानको २० मिटर वरपर कुनैपनि किसिमको रुख, बिरुवा काट्न हटाउन नपाउने गरी समुदायकै सहयोगमा कडाईका साथ पालना गर्ने गराउने नीति अवलम्बन गरिनेछ ।
  • समुदायले प्रयोग गरीरहेको खानेपानीको मुहान (जमिन माथि र जमिन मुनि दुवै) कसैको नम्बरी आवादी भित्र नै पर्दो रहेछ भने गाँउ कार्यपालिका र वडा समितिसँग वैकल्पिक व्यवस्था गरी स्वीकृति नलिई मास्न वा निषेध गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।
  • सञ्चालनमा रहेका खानेपानी योजनाहरुको दिगो सञ्चालन, मर्मत सम्भार, क्षमता अभिवृद्धि तथा पुनः निर्माण जस्ता कार्य उपभोक्ताहरुको समेत लगानी तथा सहभागितामा सञ्चालन गरी गराई आधारभूत खानेपानी सेवाको सुनिश्चितता गर्न र खानेपानी सेवा नपुगेका टोलबस्तीमा खानेपानी सेवा पुर्याउने कार्यका लागि सम्बन्धित निकाय, संघ संस्थाहरुको साझेदारीमा योजना तथा कार्यक्रम सञ्चालन गरिने छ ।
  • यस गाँउपालिकाको उच्च सम्भाव्य खाने पानीको मुहान क्षेत्रलाई पानीको संरक्षित उद्गम तथा संरक्षित क्षेत्रको रुपमा संरक्षण, सम्बद्र्धन र विकास गर्न विज्ञहरु मार्फत सम्भाव्यता अध्ययन गराइ एकिकृत गुरुयोजना निर्माण गरी क्रमशः कार्यान्वयन गर्ने गराउने नीति अवलम्बन गरिनेछ ।
  • गाँउपालिका क्षेत्र भित्र पर्याप्त खानेपानीको व्यवस्थाको लागि विस्तृत परियोजना प्रतिवेदन DPR तयार गरी खानेपानीका आयोजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
  • बाह्रैमहिना सिँचाई सुविधा उपलब्ध गराउन प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्षबाट सम्भाव्य मझौला, ठूला सतह सिँचाई एवं अन्तर जलाधार र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाका कार्यक्रमहरु प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।

८.         विद्युतीय तथा वैकल्पिक उर्जा सम्वन्धी नीतिः

  • हालसम्म पनि विद्युत सेवा नपुगेका टोल बस्तीहरु (थुम्की लगायतका) मा विद्युत प्राधिकरणसँग समन्वय गरी विद्युतीकरण गरिनेछ ।
  • राष्ट्रिय प्रशारणको विद्युत विस्तार गर्दा तुलनात्मक रुपमा महंगो पर्ने टोल, बस्ती घरहरुमा उज्यालो बनाउन सरकारी र गैरसरकारी संघ संस्थाहरु साथै सरोकारवालाहरुको समेत सहभागितामा वैकल्पिक उर्जा (सौर्य उर्जा) को विस्तार गरिनेछ ।
  • तीन वर्षभित्र प्रत्येक गाँउपालिकावासीको घरघरमा उज्यालोको लागि प्रयोग गरिने परम्परागत साधन (टुकी, मैनबत्ती र दियालो आदि) प्रतिस्थापन गरी सकिनेछ ।
  • पर्यटकीय क्षेत्र, सार्वजनिक महत्वका भवन तथा स्थान, बजारक्षेत्र, कालोपत्रे सडक क्षेत्रभित्रका टोलबस्ती समुदायको साझेदारीमा सौर्य सडक बत्ती जडान गर्ने नीति अवलम्बन गरिनेछ ।
  • विद्युत प्राधिकरणसँग समन्वय गरी गाँउपालिकावासीहरुले गाँउपालिका केन्द्रबाट विद्युत महशुल बुझाउन सक्ने अवस्था श्रृजना गर्न पहल गरिनेछ ।

९.         बस्ती विकास तथा भूकम्प प्रतिरोधी भवन निर्माण नीतिः

  • राष्ट्रिय भू–उपयोग नीतिका आधारमा कम्तीमा २० वर्षे दीर्घकालीन सोच सहित राष्ट्रिय सहरी विकास नीतिभित्र रही बस्ती विकासको कार्यक्रम सञ्चालन गर्ने गराउने नीति अवलम्बन गरिनेछ ।
  • राष्ट्रिय शहरी विकास नीतिलाई अवलम्बन गरी व्यक्ति र समुदायको अग्रसरतामा बस्ती विकासको कार्यक्रम सञ्चालन गरे गराएमा, त्यस्तो कार्यलाई प्रोत्साहित गर्न प्राविधिक तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा लगानी गर्ने नीति अवलम्बन गरिनेछ ।
  • जथाभावी प्लटीङ गरी अव्यवस्थित बस्ती विकास गर्ने कार्यलाई निरुत्साहित गरिनेछ ।
  • जिल्ला स्तरीय यातायात गुरुयोजना र गाँउपालिका स्तरीय सडक गुरुयोजनामा उल्लेख भएका सडकमा जोडिएका जग्गा घरघडेरीका लागि कित्ताकाट गरी किनवेच गर्दा गाँउपालिकाले तोकेको भन्दा घटी कित्ताकाट गरी किनवेच गर्न रोक लगाइने नीति अवलम्बन गरिनेछ ।
  • गाँउपालिकाको क्षेत्रभित्र निर्माण हुने निजी, सामुदायिक लगायतका सबै किसिमका भवन निर्माणका लागि भवन निर्माण मापदण्ड तथा नक्सापास कार्यविधि पूर्ण पालना गरी गराई भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने गराउने नीति कडाईका साथ पालना गर्ने गराइने छ ।
  • भवन निर्माण मापदण्ड लागु हुनुभन्दा अगाडि निर्माण भएका घरहरुलाई भवन निर्माण मापदण्डमा उल्लेख भएको व्यवस्था अनुसार घर अभिलेखीकरण कार्य अभियानको रुपमा सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ ।
  • तालिम प्राप्त कालिगढहरुबाट मात्र घर निर्माण गर्ने कार्य गराउन कालिगढ तालिम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ । तालिम प्राप्त कालिगढहरु सूचिकृत गरिनेछ ।
  • घर निर्माण गर्दा अनियन्त्रित रुपले पहाड खार्ने प्रवृतिलाई निरुत्साहित गर्दै त्यसबाट हुने क्षतिको जिम्मेवार जमिन खार्नेलाई बनाइने छ ।
  • गाँउपालिका क्षेत्र भित्र रहेका हरेक घरधुरीहरुलाई संकेत नम्बरको कार्यान्वयन गरिने छ ।
  • एकिकृत बस्ती विकासका लागि स्थान छनौट तथा पूर्वाधार तयार गरिनेछ । साथै ल्याण्ड पुलिङ्गको अवधारणालाई अगाडि बढाइनेछ ।
  • प्रत्येक वडामा रहेका सार्वजनिक जग्गा, कुलो बाँध, वनक्षेत्र एकिन गरी उचित संरक्षण र सदुपयोग गरिनेछ ।
  • सघन शहरी विकास कार्यक्रम अन्तर्गत एकीकृत शहरी विकास कार्यक्रम बहुवर्षीय रुपमा संचालन गर्न संघीय सरकार समक्ष अनुरोध गरिने छ ।
  • माईबेनी, मेग्मा गुम्बा, बालागुरु शिवालय मन्दिर, शाङछोलिङ गुम्बा, प्याङ गुम्बा लगायतका एतिहासिक पुरात्वतिक सम्पदा बस्तीहरु पुनःउथान कार्यक्रम संचालनको लागि संघीय सरकारसँग अनुरोध गरिनेछ ।
  • माईजोगमाई गाँउपालिका क्षेत्रको सांस्कृतिक सम्पदालाई संरक्षण गर्न विशेष भवन निर्माण मापदण्ड तयारी गरी लागु गर्न पहल गरिने छ ।
  • पुरातात्विक तथा सांस्कृतिक महत्वका मठ मन्दिर, पाटी पौवा, बिहार गुम्बा लगायतको संरक्षणका लागि पहल गर्ने निति अवलम्बन गर्ने छ ।

१०.       शिक्षा, युवा तथा खेलकुद नीतिः

  • गाँउपालिका शिक्षा नीति स्वीकृत गरी कार्यन्वयन गरिनेछ ।
  • माईजोगमाई गाँउपालिकालाई आगामी तिन वर्ष भित्र साक्षर गाँउपालिका घोषणा गरिनेछ ।
  • गाँउपालिका भित्रका कुनैपनि बालबालिका गरिवीका कारण कम्तीमा आधारभूत तह सम्मको शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित हुनु नपर्ने नीति अवलम्बन गरिनेछ ।
  • गाँउभित्रका सम्पूर्ण विद्यालयहरुमा सुविधा सम्पन्न पूर्वाधार सहित निशुल्क एवं अंग्रेजी माध्ययमको शिक्षाको व्यवस्था गर्दै जाने नीति लिइनेछ ।
  • शिक्षकहरुलाई सूचना तथा प्रविधि सम्बन्धी तालिम तथा प्रशिक्षणको व्यवस्था गरिनेछ ।
  • गाँउपालिका भित्रको शिक्षालयको सम्भावनालाई हेरी एक नमूना आवासीय विद्यालयको प्रारुप तयार गरिनेछ ।
  • विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री, छात्रामैत्री तथा विपद (भुकम्प) प्रतिरोधी भौतिक पूर्वाधार विकास गर्दै लगिनेछ ।
  • विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापक तथा शिक्षकहरुसँग आवधिक कार्यसम्पादन करार गरिनेछ ।
  • विद्यालय तथा शिक्षकहरुलाई सिकाइ उपलब्धीका आधारमा प्रतिस्पर्धाको वातावरण, पुरस्कार वा दण्डको नीति अवलम्बन गरिनेछ ।
  • प्राविधिक तथा स्वरोजगार जनशक्ति उत्पादन गर्न गाँउपालिका भित्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम दिने विद्यालय तथा शिक्षालय सञ्चालन गरिनेछ ।
  • गाँउपालिका भित्र रहेका निजी विद्यालयहरुसँग समन्वय र साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न चाहेमा आवश्यक नीतिगत सहयोग गरिनेछ ।
  • विपन्न, सिमान्तिकृत, अनाथ, विचैमा कक्षा छाडेका (drop out) बालबालिकालाई विद्यालयमा ल्याई पठन पाठनको व्यवस्था गरिनेछ ।
  • विद्यालयहरुमा डिजिटल ग्याप न्यूनीकरण गर्न सूचना प्रविधिको प्रयोग गरी पठनपाठनको व्यवस्था गर्न पहल गरिनेछ ।
  • विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न गाँउपालिकास्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विद्यालयहरुको संस्थागत क्षमता विकास गरी पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता प्रवद्र्धन गर्न नियमित विद्यालय अनुगमन तथा सुपरिवेक्षण कार्य प्रभावकारी बनाइनेछ ।
  • विद्यालय नक्सांकन, दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्य प्रारम्भ गर्न पहल गरिनेछ ।
  • विद्यालयमा विपद व्यवस्थापन सम्बन्धी शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाइनेछ ।
  • आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन तथा सञ्चालन प्रभावकारी बनाइनेछ ।
  • संस्थागत विद्यालयलाई प्रभावकारी नियमन गर्ने तथा सामुदायिक र संस्थागत साझेदारीमा विद्यालय सञ्चालन गर्न छलफल चलाइनेछ ।
  • विद्यालय शिक्षामा पहुँच, गुणस्तर र समन्वयिकता स्थापित गर्न गैर सरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज आदि सँग सहकार्य र साझेदारीमा विविध कार्यक्रम सञ्चालन गरिनेछ ।
  • स्थानीय कला र संस्कृतिको संरक्षण र विकास गरिनेछ । आधारभूत तहसम्मका लागि नगरको सामाजिक, आर्थिक, सांस्कृतिक, समस्या र सम्भावनालाई समेटी स्थानीय स्तरको नगदेबाली, स्थानीय भाषिक, संस्कार, संस्कृति समेत समावेश भएको पाठ्यक्रम द्वारा पठनपाठन गराउने नीति अवलम्बन गरिनेछ ।
  • हिंसापिडित, बहिस्कृत र फरक क्षमता भएका व्यक्तिहरुलाई प्राविधिक शिक्षा अध्ययन गर्ने व्यवस्था मिलाउने नीति लिइनेछ ।
  • विद्यार्थी भर्ना अभियानलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरुलाई परिचालन गरिनेछ ।
  • खेलकुदको समुचित विकास गर्न आवश्यकता अनुसार गाँउपालिका खेलकुद समिति वा गाँउपालिकास्तरीय खेलकुद परिषद् गठन गरी पूर्वाधारको निर्माण तथा टोल, वडा र गाँउपालिकास्तरीय खेलकुद प्रतियोगिता संचालन गर्ने नीति अवलम्वन गरिनेछ ।
  • गाँउपालिका स्तरीय खेलकुद विकासका लागि आवश्यक पूर्वाधार विकास अन्तर्गत बहुउद्देश्यीय कभर्डहल निर्माणकार्य प्रारम्भ गर्न संघिय र प्रादेशिक सरकारसँग विशेष पहल गरिनेछ गरिनेछ ।
  • गाँउपालिकाका बालागुरु खेलमैदान तथा अन्य सम्भावित खेल मैदानलाई प्रदेश स्तरीय खेलमैदान तथा रंगशालाको रुपमा क्रमशः विस्तार गरिनेछ । साथै गाँउपालिकाक्षेत्रमा रहेका खेलमैदानहरुको क्रमशः स्तरवृद्धि गर्ने नीति अवलम्बन गरिनेछ ।
  • विभिन्न अवसरहरुमा गाँउपालिका भित्र रहेका विद्यालय, क्लब, संघसंस्थाहरु बीच बर्षिक र अर्धवार्षिक रुपमा गाँउपालिका स्तरीय खेलकुदको आयोजना गरिनेछ ।
  • गाँउपालिका स्तरीय युवा परिषद गठन गरी युवा स्वरोजगार, सशक्तिकरण तथा सामाजिक उत्तरदायित्व बोध गराउने नीति अबलम्बन गरिनेछ ।
  • आवश्यकता अनुसार हरेक वडामा खेलकुद मैदान निर्माण गर्ने नीति अबलम्बन गरिनेछ ।
  • महामारीको विद्यमान सन्दर्भमा शिक्षालाई विशेष प्राथमिकता दिने पाठ्यपुस्तक सामाग्री र समुदायमा निरिक्षणत्मक शिक्षण पद्दति रेडियो इन्टरनेट तथा टेलिभिजन शिक्षालाई प्रभावकारी बनाउन शिक्षकहरुलाई परिचान गर्ने र उत्कृष्ट शिक्षकलाई पुरस्कार प्रोत्साहनको व्यवस्था मिलाउने ।

११.       स्वास्थ्य सम्बन्धी नीतिः

  • माईजोगमाई गाउँपालिकाको केन्द्रमा कम्तिमा २५ शैयाको अस्पताल निर्माण गर्न संघिय सरकार समक्ष पहल गरिने छ । सबै वडामा आधारभूत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने प्रकृयालाई सुनिश्चितता तथा निरन्तरता दिइनेछ, साथै स्वास्थ्य संस्था नभएको वडामा क्रमशः स्वास्थ्य संस्था स्थापना गर्दै लगिनेछ ।
  • पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई निरन्तरता दिइनुका साथै खोप कार्यक्रमलाई अझै उपभोगयुक्त तथा प्रभावकारी बनाइनुका साथै खोपमा सबैको पहुँच बढाइने छ । थप खोपहरु निरन्तर रुपमा क्रमशः विस्तार गर्दै लगिनेछ ।
  • मातृ तथा शिशु स्थास्थ्यको अवस्थालाई सुदृढ गर्दै नियमित गर्भजाँच, सुत्केरी जाँच तथा स्वास्थ्य केन्द्रमा सत प्रतिशत प्रसुती गराउने अभियानमा जोड दिइनेछ । चौविस घण्टे सुत्केरी सेवा केन्द्रलाई निरन्तरता दिइनेछ । सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिईने छ ।
  • महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै टोलटोलमा स्वास्थ्य आमा समूहको बैठक सञ्चालन, बच्चाको तौल अनुगमन र बाल पोषण कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गरिनेछ ।
  • गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवालाई नियमित, प्रभावकारी, सहभागितात्मक एवं गुणस्तरीय बनाउँदै आवश्यक फर्निचर तथा औजार उपकरणको व्यवस्था गर्दै लगिनेछ ।
  • ग्रामिण स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, अस्पतालहरुको सेवालाई सुदृढीकरण गर्दै गुणस्तरीय र प्रभावकारी सेवा सञ्चालन गर्न आवश्यक वातावरण बनाउँदै लगिनेछ ।
  • निशुल्क उपलब्ध हुने औषधीलाई निरन्तर आपूर्तिको व्यवस्था मिलाईनेछ । साथै दिर्घ रोगी, असक्त असाहायाहरुले नियमित सेवन गर्नु पर्ने औषधीहरु निरन्तर आपूर्ति तथा सहज पहुँचकालागि आवश्यक पहल गरिने छ ।
  • नियमित रुपमा स्वास्थ्य संस्थाको अनुगमन तथा सहयोगात्मक सुपरिवेक्षक गरीनेछ । उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्दै लगिनेछ ।
  • निजी तथा गैर सरकारी संस्थाद्धारा संचालित स्वास्थ्य संस्थाहरुको आवश्यक मापदण्ड तयार गरी सोको नियमित अनुगमन गरिनेछ ।
  • प्रत्येक वडामा वर्षमा एक पटक स्वास्थ्य शिविर (आधुनिक तथा आर्युवेदिक) सञ्चालन गरिनेछ ।
  • बाह्य खोप क्लिनिकको भवन आवश्यकता अनुसारको स्थानमा निर्माण गर्दै लगिनेछ ।
  • स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) लाई व्यवस्थित गर्न अभिलेख प्रतिवेदनलाई छिटो छरितो गर्न इन्टरनेट सहितको कम्प्युटर प्रणालीलाई विस्तार गरिनेछ ।
  • स्वास्थ्य संस्थाको भवन निर्माण, मर्मत सुधार तथा विद्युत, खानेपानीको नियमित आपूर्तिको साथै आवश्यक औजार उपकरणको व्यवस्था गरिनेछ ।
  • गैर सरकारी संस्थाहरुले संचालन गर्ने स्वास्थ्य कार्यक्रमहरुमा दोहोरोपना आउन नदिन एकद्धार नीति अवलम्बन गरिनेछ ।
  • विद्यालयस्तरमा नियमित रुपमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्न पहल गरिनेछ ।
  • महामारीजन्य रोग तथा प्रकोप पश्चात देखिने स्वास्थ्य समस्याको व्यवस्थापन गर्न समुदाय स्तरको क्षमता अभिवृद्धि गर्दै आकस्मिक औषधी तथा सामाग्रीको व्यवस्था गरिनेछ ।
  • गाँउपालिकाभित्र दर्ता नगरी एलोप्याथी, होमियोप्याथी तथा आर्युवेदिक औषधी बिक्री वितरण तथा स्वास्थ्य क्लिनिक संचालन गर्ने कार्यलाई निरुत्साहित गर्न सम्बन्धित निकायबाट अनुमती लिई मात्र बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
  • सम्भव भए सबै स्वास्थ्य केन्द्रमा नभए कुनै ठाउँलाई केन्द्र मानेर मनोसामाजिक मनोविमर्शकर्ताको व्यवस्थापन का लागि पहिल गरिने छ ।
  • गाँउपालिकाभित्र संचालन गरिने विभिन्न स्वास्थ्य शिविरहरु यस गाँउपालिकाबाट स्वीकृति पश्चात मात्र सञ्चालन गरिने व्यवस्था मिलाइनेछ ।
  • वैकल्पिक उपचार (योग, ध्यान, प्राकृतिक चिकित्सा, आयुर्वेद) को अध्ययन अनुसन्धान गरी सम्बन्धित क्षेत्रमा लागु गरिनेछ ।
  • गाउँपालिकालाई आवश्यक पर्ने एम्वुलेन्सको व्यवस्था गर्न पहल गरिने छ ।
  • कोभिड १९ कोरोना लगायत अन्य महामारी रोगहरुको नियन्त्रणको लागि आवश्यक पहल गरिने छ ।

१२.       उद्योग, पर्यटन प्रवद्र्धन तथा संस्कृति सम्बन्धी नीतिः

  • वातावरणमैत्री गाँउपालिका निर्माण गर्ने उद्देश्य अनुरुप भू–बनोट तथा प्राकृतिक स्रोतको उपलब्धताको आधारमा निश्चित स्थानमा वातावरणमैत्री उद्योग स्थापना र सञ्चालन गर्ने नीति अवलम्बन गरिने छ ।
  • स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनमा जोड दिइनेछ ।
  • पर्यटक र पर्यटनसँग सम्बन्धित उद्योगधन्दा, होटल, घरबास (Homestay) लगायत सेवाप्रदायक उद्योगहरु स्थापना गर्न प्रोत्साहित गरिनेछ ।
  • यस गाँउपालिकाभित्र रहेका विभिन्न धर्मावलम्बीहरु (हिन्दु, किरात, बौद्ध, ख्रीष्टियान, लागायत अन्य) को संरक्षण सम्बद्र्धन गर्न समाधि स्थल व्यवस्थापनको लागि जग्गा सुरक्षा, घेरा तार–बार लगाइनेछ ।
  • १० जना भन्दा बढी मानिसहरुलाई रोजगारी दिने गरी स्थापना हुने वातावरणमैत्री उद्योगसम्म पुग्ने सडक, खानेपानी, विद्युत तथा सुरक्षा व्यवस्था जस्ता आधारभूत पूर्वाधार निर्माण गर्न सहयोग गर्ने नीति अबलम्बन गरिनेछ ।
  • स्थानीय स्तरमा रहेका सहकारी संस्थाहरुसँग भएको पुँजीलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
  • उद्यम गर्न चाहने तर पुँजीको अभावमा उद्यम सञ्चालन गर्न नसकेका युवाहरुलाई लक्षित गरी गाँउपालिकाले एक कोष खडा गरी “हामी उद्यम आफ्नै पौरखमा गर्दछौ” कार्यक्रम कार्यविधि बनाई कार्यान्वयन गर्ने नीति रहनेछ ।
  • गाँउपालिका भित्र रहेका उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायत विभिन्न सरोकारवाला निकाय सँग समन्यव गरी बजारलाई व्यवस्थित र मर्यादित बनाउन सबै पसल, होटल, लजले दैनिक मूल्यसूची उपभोक्ताले सहज रुपमा देख्ने गरी राख्नु पर्ने नीति अबलम्बन गरिनेछ । सामान नै पिच्छे मूल्य फरक पर्ने सामाग्रीहरुमा प्रत्येक सामानमा मूल्य ट्याग लगाउनु पर्नेछ ।
  • गाँउपालिका अन्तर्गत मातहतमा रहेका सबै धार्मिक स्थलहरुको उचित संरक्षण र सम्बद्र्धन गरिनेछ ।
  • गाँउपालिका स्तरीय संग्रहालय निर्माणको लागि पहल गरिनेछ ।
  • प्रचलित कानुन बमोजिम स्वीकृति नलिएका, दर्ता नभएका व्यवसायहरुलाई अनिवार्य रुपमा दर्ता गराउन सचेतना गराईनेछ।
  • माईबेनी–शुक्रबारे–नयाँबजार–थुम्के–जौबारी–तुम्लिङ–मेग्मासम्म जोड्ने गरी धार्मिक पर्यटकीय पदमार्ग तथा कञ्चनजंघा बेसक्याम्प बैकल्पिक मार्ग साथै बुद्ध सर्किटको रुपमा विकास गरिनेछ ।
  • बैक तथा वित्तीय संस्था विस्तार गर्न पहल गरिनेछ ।
  • गाँउपालिका क्षेत्र भित्र पर्यटकीय सम्भावनाका क्षेत्रहरु (पर्या–पर्यटन, धार्मिक–पर्यटन, कृषि–पर्यटन आदि) र सम्भावित पर्यटकीय स्थलहरु खोजी तथा विकास गर्दै सहज पहुँचको अवस्था सिर्जना गरीने छ ।
  • गाँउपालिका भित्र रहेको राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चिनिएको माईबेनी,सात तले झर्ना, उत्तरे पोखरी, थुम्के जौबारी तुम्लिङ मेग्मा आदि क्षेत्रको व्यवस्थित विकास र व्यवस्थापनलाई प्राथमिकतामा राखिने छ ।
  • पालिका भित्रको सात तले झर्ना पर्यटन क्षेत्र विकास गुरुयोजना कार्यान्वयनमा ल्याइनुका साथै पालिका भित्र विभिन्न क्षेत्रमा पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ ।
  • पर्यटकमैत्री बानी व्यवहार (अतिथि सत्कार, सरसफाई आदि) सुधार, सीप तथा तालिमका कार्यक्रमको सञ्चालन गर्ने गराउने नीति अबलम्बन गरिनेछ ।
  • यस गाँउपालिकाभित्र रहेका सबै जातजाती, समुदायको भाषा, कला, संस्कृति, ऐतिहासिक धार्मिक स्थलहरु यस गाउपालिकाको साझा सम्पत्ती भएकोले यिनीहरुको संरक्षण, प्रवद्र्धन र विकासमा समान व्यवहार गर्ने नीति लिइनेछ ।
  • गाँउपालिका भित्रका पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरु तथा मौलिक कला, संस्कृति जात्रा पर्वहरुलाई संरक्षण गर्ने र संग्रहालय स्थापनाको अवधारणा अगाडि बढाईनेछ ।
  • साहित्य, कला, संस्कृति, भाषा, भेषभुषा, वाङमय लागयतका क्षेत्रको जर्गेणाको लागि गाँउपालिकाको विशेष पहल रहनेछ । र आवश्यकता बमोजिम स्थानिय भाषाको पाठ्यक्रम निर्माणको लागि पहल गरिने छ।
  • यस गाँउपालिकाको आर्थिक–सामाजिक, सांस्कृतिक, लगायत विविध झल्को दिने गरी गाँउपालिका भित्रका विविध जातजाति र धर्मका कार्यक्रमहरु आयोजना गर्न प्रोत्साहन गरिनेछ ।
  • गुम्बा व्यवस्थापन, बालध्यान कार्यक्रम लगायतका कार्यक्रम संचालन गर्न पहल गरिनेछ ।
  • स्थानीय संस्कृति सुहाउँदो पर्यटक आकर्षण गर्ने कला, सडक नाटक, नृत्य लगायतका कार्यक्रमहरु संचालन गराउन प्रोत्साहन गरिने छ ।
  • गाँउपालिका भित्र रहेका सामाजिक व्यक्तिहरुलाई उच्च सम्माननार्थ स्वरुप उपयुक्त स्थानको पहिचान गरी सो व्यक्तिहरुको नाममा पार्क, प्रतिक्षालय, प्रतिष्ठान, प्रतिमा निर्माण गरिनेछ ।
  • उद्यमी युवा तथा महिलाहरुलाई उद्योग दर्तामा कानुन बमोजिमको छुट र सफल उद्यमीलाई प्रोत्साहनको व्यवस्था मिलाउने नीति अबलम्बन गरिनेछ।

१३.       सूचना संचार तथा प्रविधि विकास सम्बन्धी नीतिः

  • गाँउपालिका भित्रका मुख्य चोक, बजार, धार्मिक पर्यटकीय क्षेत्र तथा सम्वेदनशील स्थलहरुमा सिसिटिभी जडान, निःशुल्क वाइफाइ सेवा विस्तार, सूचना केन्द्रहरुको व्यवस्थित सञ्चालन, नेटवर्किङ्ग विस्तार लगायतका कार्यहरु गरी गाँउपालिकालाई इ–पालिकाको रुपमा विकास गर्ने नीति लिइनेछ ।
  • गाउँपालिका तथा गाउँपालिका क्षेत्रमा केवलको प्रयोग गरि अविछिन्न रुपमा इन्टरनेट विस्तार गरिनेछ ।
  • विद्युतीय शासन प्रणाली मार्फत गाँउपालिकाका कार्यक्रम तथा सूचनालाई प्रवद्र्धन गर्ने नीति अनुरुप वेबसाइट अध्यावधिक गर्ने तथा सञ्चार माध्यमहरु मार्फत सूचना प्रकाशन गर्ने नीति अवलम्बन गरिनेछ ।
  • गाँउपालिकाका सवै वडा कार्यालयलाई इन्टरनेटको माध्यमबाट गाँउपालिकाको कार्यालयसँग नेटवर्किङ गरिने छ ।
  • सूचना संरक्षण प्रवद्र्धन र विकास गर्न आवश्यक कार्यहरु संचालन गरिनुका साथै सम्वन्धित संघ संस्थासंग समन्वय गरी एफ. एम. सञ्चालन गर्न अनुमति दिने नीति अबलम्बन गरिनेछ ।
  • जनप्रतिनिधि तथा कर्मचारीहरुलाई प्रविधिमैत्री बनाउन कम्प्युटर, इन्टरनेट तथा विभिन्न क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

१४.       संस्थागत विकास तथा मानव संसाधन सम्बन्धी नीतिः

  • सबै वडाको वडा प्रोफाइल (बालमैत्री, वातावरण सम्वन्धी तथ्यांक सहित) बनाई एकिकृत गाँउपालिका प्रोफाइल तयार गरिनेछ ।
  • यस गाँउपालिका क्षेत्रलाई सुशासन मैत्री गाउँ बनाउन सुशासनको अनुभूती दिलाउने गरी सेवा तथा कार्यक्रम सञ्चालनको नीति लिइनेछ ।
  • गाँउपालिका विकासको लागि आगामी १० बर्षे, १५ बर्षे योजनाहरुको गुरु योजना (Master Plan) बनाई क्रमशः कार्यन्वयन गरिनेछ ।
  • गाँउपालिका कार्यालय, वडा कार्यालय र विषयगत शाखा कार्यालयहरुको जनप्रतिनिधी तथा कर्मचारीहरुमा चेन अफ कमाण्ड, सेवाग्राही प्रति उत्तरदायी व्यवहार अवलम्मवन र कर्मचारी आचारसंहिता तथा आन्तरिक व्यवस्थापन नियन्त्रण प्रणालि र कर्मचारि कार्य विवरण निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  • गाँउपालिकाको व्यवस्थित विकासको लागि विषयविज्ञ, सल्लाहकार, परामर्शदाता र आवश्यक जनशक्तिको सेवा लिइनेछ । कर्मचारीलाई क्षमता विकासका लागि विभिन्न तालिमका कार्यक्रम संचालन गरिने छ ।
  • अध्यक्ष गरिवी तथा सुकुम्वासी निवारण कार्यक्रम संचालन गर्न पहल गरिनेछ ।
  • शाखा प्रमुखहरुसँग कार्यसम्पादन करार गरी काम गर्ने कार्यको थालनी गरिनेछ ।
  • कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।
  • अस्थायी र करारमा कार्य गरिरहेका कर्मचारीहरुलाई निवृत्त हुँदा खाली हात नपठाउने नीति लिइने छ ।
  • कर्मचारीहरुलाई कामको प्रकृति, कार्य सम्पादन र कार्यबोझको आधारमा प्रोत्साहन गरिने छ ।
  • बैदेशिक रोजगारीबाट घर फिरेका र पुनःनजाने सोच बनाएकाहरुलाई व्यावसायिक कृषि उद्यम संचालन गर्न उद्यमशिलता तालिम र लागत साझेदारीमा व्यवसाय संचालनमा जोड दिने व्यवस्था गरिनेछ ।

१५.       अन्य पूर्वाधार नीति :

  • गाँउपालिका भित्रका पूर्वाधार निर्माण गर्दा वडास्तरीय, गाँउपालिकास्तरीय र प्रान्त र संघ स्तरीय योजना गरी ३ तहमा वर्गिकरण गरी कार्यान्वयन गरिनेछ ।
  • प्रत्येक वडामा अपाङ्गमैत्री सडक, भवन, बालमैत्री पार्क, स्मृती पार्क, पिकनिक स्पट, चौतारो, पोखरी, खेलमैदान, पुस्तकालय, संग्रहालय, योगकेन्द्र आदि स्थापना गर्दै लगिनेछ ।
  • नापी कार्यालयको सहकार्यमा गाँउपालिकाभित्र बनेका लगतकट्टा गर्न बाँकी रहेका सडकहरुको लगतकट्टा गरी सार्वजनिक सडकमा रुपान्तरण गरिनेछ ।
  • सवारी पार्किङ्गलाई व्यवस्थित गर्न सडकका दायाँबायाँ अव्यवस्थित रुपमा सवारी साधन पार्किङ्ग गर्न निरुत्साहित गरिनेछ ।
  • गाडि मर्मत सम्भार गर्ने वर्कसपहरुको अनिवार्य रुपमा आफ्नो प्रयोगको क्षेत्र पक्की बनाई गाडिले सडकमा हिलो लगायतका फोहोर बाटोमा ल्याउन नपाउने र अन्य फोहोर गर्न नपाउने नीति लिईने छ ।

१६.       राजस्व परिचालन सम्बन्धी नीतिः

  • गाँउपालिकाको आन्तरिक आय सबल बनाउन राजस्वमा सुधार गर्न राजश्वको दायरा फराकिलो बनाई कर असुलीलाई प्रभावकारी बनाईने तथा राजश्वका सम्भाव्य क्षेत्रहरुको पहिचान गरिनेछ ।
  • राज्वश्व चुहावटलाइ रोक्न, राजश्व संकलनको लक्षयलाइ वृद्धि गर्न सम्पूर्ण कर संकलनलाई सफ्टवेयरप्रणालीमा लगिनेछ ।
  • फोहोरमैला व्यवस्थापन वापत प्रत्येक घरधुरी, संघसंस्था, कार्यालय र व्यापारिक व्यवसायलाई फोहोरमैला शुल्क लगाउने नीति अवलम्वन गरिने छ ।
  • व्यवसायिक प्लटिङ्ग सञ्चालन गर्न बाँझो राखिएका कृषियोग्य जमिनहरुलाई करको दायरामा ल्याइनेछ ।
  • गाँउपालिकाले विभिन्न क्षेत्रबाट प्राप्त गर्ने कर, शुल्क तथा दस्तुरलाई प्रभावकारी रुपले संचालन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गरिनेछ ।
  • गाँउपालिकाले उत्पादनमूलक क्षेत्रमा लगानी (पार्किङ स्थल, शौचालय, घरटहरा बधशाला निर्माण गरी भाडामा दिने) गरी आयस्रोत बढाउने कार्य गरिनेछ ।
  • लेखा परिक्षणबाट औल्याइएका सुझाबहरुलाई आगामी दिनहरुमा कार्यान्वयन गर्दै बक्यौता, बेरुजु एवं पेश्की फर्छ्यौट गर्ने कार्यलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।

१७.      सम्बन्ध सहकार्य तथा साझेदारी नीतिः

  • माईजोगमाई गाँउपालिकालाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नगरहरु तथा संघ संस्थाहरुसँग भगिनी सम्बन्ध कायम गर्ने नीति अबलम्बन गरिनेछ ।
  • गाँउपालिका क्षेत्रभित्र उच्च शिक्षा सञ्चालन गर्ने विश्वविद्यालय, तालिम केन्द्र जस्ता प्राज्ञिक संस्थाहरु तथा निकायहरुसँग सहकार्य गर्ने नीति अघि सारिनेछ ।
  • देशभित्रका नगरपालिका र गाँउपालिकाहरु सँग भगिनी सम्बन्ध कायम गरि र आगामी वर्षहरुबाट यस गाँउपालिका र नगरपालिका सँगको भगिनी सम्बन्धलाई निरन्तरता दिँदै लगिनेछ ।

१८.       सामाजिक परिचालन तथा सामाजिक सशक्तिकरण नीतिः

  • सामाजिक परिचालनको माध्यमबाट सामाजिक, आर्थिक रुपले पछि परेका समुदायहरुको सशक्तीकरण गरी विकासको मूल प्रवाहमा समाहित गर्ने नीति अवलम्बन गरिनेछ ।
  • सामाजिक परिचालनको माध्यमद्वारा टोल विकास संस्थाहरुलाई आफ्नो क्षेत्रमा हुन सक्ने सबै विकास निर्माणका कार्यहरुमा अगुवाई गर्न सक्षम बनाउने नीति रहनेछ ।
  • समाजमा हुने फौजदारी प्रकृति बाहेकका सानातिना विवाद स्थानीय स्तरमा नै मेलमिलापकर्ताको माध्यमद्वारा मेलमिलाप गर्ने गराउन वडास्तरीय संयन्त्र परिचालन गरिनेछ ।
  • सामाजिक पुनःस्थापना तथा वैदेशिक रोजगारीमा जानेलाई परामर्श सेवा तथा स्वरोजगारीका लागि उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने सामाजिक संघ सस्थालाई प्राथमिकता प्रदान गरी परामर्श कक्ष कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।

१९.       महिला सम्बन्धी नीतिः

  • महिलाहरुको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि योजना तथा कार्यक्रमहरु संचालन गर्दै लैजाने नीति अवलम्बन गरिनेछ ।
  • महिलाहरुलाई स्वरोजगार र आत्मसम्मानित बनाउनका लागि महिलाहरुको नाममा दर्ता हुने उद्योग व्यवसायमा ५० प्रतिशत शुल्क छुट गरिनेछ ।
  • महिलाहरुलाई व्यवसायिक बनाउन सबै वडामा उद्यमशिलता तालिम सञ्चालन गर्ने गराउने नीति अबलम्बन गरिनेछ ।
  • एकल महिला, दलित महिलाहरुलाई लक्षित विविध कार्यक्रम कार्यन्वयन गरिनेछ । साथै मनोसामाजिक परामर्श सहयोग कार्यक्रम संचालनको लागि समन्वय गरिने छ ।
  • मानवअधिकार, महिला अधिकार, मानव बेचविखन विरुद्धका कार्यक्रमहरु विभिन्न संघसंस्थाहरुको समन्वयमा सञ्चालन गरिनेछ । महिलाहरुमा हुने वा हुनसक्ने स्वास्थ्य समस्याको जटिलताका आधारमा क्रमशः स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
  • विद्यालय विमुख किशोरीहरुलाई जीवन उपयोगी तथा किशोरी परामर्श कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गम्भीर प्रकृतिका रोग लागेका र हिंसामा परेका महिलाहरुको लागि सुविधा तथा राहत उपलब्ध गराउन पहल गरिनेछ ।

२०.       बालबालिका सम्बन्धी नीतिः

  • बालबालिकाहरुलाई भविष्यको कर्णधारको रुपमा मात्र हैन वर्तमानमा विकासको साझेदारको रुपमा लिइनेछ । बालबालिकाहरुसँग सम्बन्धित विषयको नीति कार्यक्रम बनाउदा बालबालिकाहरुको संस्थागत सहभागिता गर्ने गराउने नीति अवलम्बलन गरिनेछ ।
  • बालमैत्री स्थानीय शासन रणनीति २०६८ ले बालमैत्री स्थानीय शासनका लागि तोकेको ३९ वटा सूचकहरुलाई न्यूनतम सूचक मानि सो सूचकहरु पूरा गर्नका लागि आवश्यक पहल गरिनेछ ।
  • बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्णरुपमा अवलम्बन गरी २ बर्ष भित्र बालमैत्री गाँउपालिका बनाउने नीति लिइनेछ ।
  • माईजोगमाई गाँउपालिकालाई ३ वर्ष भित्र बालश्रम मुक्त पालिका घोषणा गर्ने नीति लिइएकोछ ।
  • गाँउपालिका क्षेत्र भित्रका बालबालिकाहरुको चौतर्फी विकासका लागि बालबालिकाको आचारसंहिता बनाई लागू गर्ने नीति अवलम्वन गरिनेछ ।
  • बालबालिकामा पर्नसक्ने मनोसामाजिक असर प्रभावलाई कम गर्न सामुदायिक विद्यालयका बालमैत्री कक्षा, शिक्षक र बालविकास केन्द्रको सहयोगी शिक्षिकालाई सामाजिक स्वास्थ्य सम्बन्धी तालिम सञ्चालन गर्ने नीति लिइनेछ ।
  • भिन्न क्षमता भएका बालबालिकाहरुको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

२१.       आदिवासी जनजाती, दलित, अपाङ तथा जेष्ठ नागरिक सम्बन्धी नीतिः

  • आदिवासी जनजातिहरुको संविधान प्रदत्त अधिकारलाई सुनिश्चित गर्दै आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासका साथै भाषा, संस्कृति, परम्परा र पूख्र्यौली सीपको संरक्षण तथा प्रवद्र्धन गर्ने नीति रहनेछ ।
  • जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ ।
  • दलित समुदायका परम्परागत पेशा, कला र सीप संरक्षण सम्बद्र्धन गर्दै तिनको क्रमशः आधुनिकीकरण र व्यवसायीकरण गर्ने नीति अवलम्बन गरिने छ ।
  • दलित वर्गको जीवनयापन सहज बनाउने, सचेतना तथा सीप विकास जस्ता कार्यक्रम सञ्चालन गर्ने गराउने नीति रहने छ ।
  • अपाङ्गहरुको चौतर्फी विकास गर्न अपाङ्ग लक्षित कार्यक्रम सञ्चालन गर्ने नीति रहनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरुको सीप र कलालाई उच्च प्राथमिकतामा राखिने छ ।
  • गाँउपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै वहाँहरुसँग भएको ज्ञान तथा अनुभव नयाँ पुस्तालाई हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • जेष्ठ नागरिकहरुको स्वास्थ्य जटिलतालाई ध्यानमा राखी स्वास्थ्य शिविर संचालन गरिनेछ ।
  • आफ्नो घरका जेष्ठ नागरिकहरुलाई उत्कृष्ट हेरचाह गर्ने परिवारका सदस्यहरुलाई छनौट गरी गाँउपालिकाले सम्मान गर्ने नीति अवलम्बन गरिनेछ ।
  • गाँउपालिका क्षेत्रभित्र रहनुभएका ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको तथ्यांक संकलन गरिनेछ ।
  • प्रत्येक वडा समिति मार्फत प्रत्येक टोल वस्तीमा क्रमशः जेष्ठ नागरिक चौतारी निर्माण गरिने नीति अवलम्बन गरिनेछ ।
  • जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गर्ने नीति रहने छ ।
  • जेष्ठ नागरिक परिचयपत्र सहज रुपमा उपलब्ध गराउने प्रबन्ध मिलाइने छ ।
  • गाँउपालिका स्तरिय ज्येष्ठ नागरिक भेटघाट प्रतिक्षालय भवन निर्माणको लागि उपयुक्त स्थानको छनौट गरि भवन निर्माणका लागि पहल गरिने छ ।
  • विपन्न, महिला, दलित स्वरोजगारीका लागि उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने सामाजिक संघ सस्थालाई प्राथमिकता प्रदान गरी परामर्श कक्ष कार्यक्रम सञ्चालन गर्न पहल गरपने छ ।
  • विपन्न, महिला, दलित, अपाङ्ग समुदायका जोखिममा परेका व्यक्तिहरुका लागि शुरक्षण व्यवस्था र न्यायिक सहयोगका लागि समन्वय गरिनेछ।
  • जेष्ठ नागरिक तथा भोकमारीमा परेकालाई खाद्य सामाग्रीको व्यवस्थापनमा विशेष पहल गरिने छ।

२२.       गैर सरकारी संस्था सम्वन्धी नीति :

  • एकद्धार प्रणाली मार्फत गाँउपालिकाको नीति कार्यक्रममा सहयोग पुर्याउने खालका कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्थालाई मात्र स्वीकृति दिने नीति अवलम्बन गरिनेछ ।
  • गैर सरकारी संस्था नियमन सम्बन्धी कानून निर्माण गरिनेछ ।
  • गैर सरकारी संस्थालाई विकासका साझेदारको रुपमा व्यवहार गर्ने नीति अवलम्बन गरिनेछ ।
  • गाँउपालिका भित्र सक्रिय रुपमा सञ्चालनमा रहेका सहकारी लगाएतका संघ संस्थाहरुलाई गाँउपालिकामा स्थापित गर्न सहजिकरण गरिने छ ।

२३.       अन्य नीति :

  • गाँउपालिका भित्र शान्ति सुरक्षा कायम गर्ने नीति अबलम्बन गरिनेछ ।
  • कोरोना रोग नियन्त्रण र यसको प्रकोप पश्चातको पालिका विकास व्यवस्थापनको लागि विषेश कोष स्थापना गरि कार्यान्वयन गरिने छ ।
  • कृषि पर्यटन होटल पशुपालन र पशु तथा वागबानी पेशालाई मर्यादित र पेशा बनाउने र नयाँ उत्पादन सम्बन्ध विकास गर्न युवाहरुलाई उद्यमशीलता तालिम र कृषि पेशामा आधारित कृषि समुह निर्माण गरी किसान परिचय पत्रको व्यावस्थापनामा सहयोग गर्ने नीति अवलम्बन गरिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार