महिला माथि शोषण किन ?

  ✍️ बबिता थापा (सन्ध्या)
0 Shares

समान अवसर भनि कानुन बनेको देशमा महिला शोषण किन???
हरेक पिडासंग जुधेर बाचेका छन् नारि
आफ्नो दुःख लुकाएर हाँसेका छन् नारि
महिला हिंसा कहिले हट्छ यो देशबाट
आफन्तबाट सिकार बनि बसेका छन् नारि।।।।
मलाई डर लागिरहेको छ आजभोलि देशमा व्यापक घटनाहरु घटेको देखेर
बलात्कार हत्या हिंसा जस्ता घटनाहरु निकै बढेको छ । आखिर किन????
संविधानमा नारी पुरुष समान भनेपनि व्यवहारमा यो कहिले लागु भएन । हरेक ठाउँमा काम गर्दा होस् बाहिर हिड्दा होस् नारिलाई हेरिने दृष्टिकोण नै फरक छ ।
क्वारेन्टाइनमा बलात्कृत हुन्छे नारी लोग्ने मरेको पिडा सहेकि चेलि आफ्नै घरपरिवारबाट मारिन्छ होईन के हुन लागेको यो देशमा कहिले सम्म दबिने हो महिला???
कसैसंग बोल्नै छैन खुलेर हाँस्न छैन समाजमा सबैको अगाडि  बोल्न छैन किन???
दुई दुई शब्द बोल्नु र व्यवहारमा लागु गर्नु धेरै फरक छ  अन्याय अत्याचार हत्या हिंसा यि घटनाको प्रमुख जड नै गलत सोच र कुदृष्टि नै हो । जबसम्म मानवमा गलत सोचको अन्त्य हुदैन तबसम्म यि जघन्य अपराध रोकिदैन
 समाजमा छाउपडीको नाममा धेरै कुराको सिकार बनेका छन् नारि। अकालमा ज्यान गएका धेरै घटनाहरु छन् ।
कलेज गयो शिक्षकबाट माईक्रोमा हिँड्यो ड्राईभरबाट बाटोमा हिँड्यो बटुवाबाट समेत बलात्कृत हुन्छन् नारी यसरी त कसरि अघि बढ्न सकिन्छ कहाँ छ सुरक्षा????
यि सबको अन्त्य हुनैपर्छ ।।
नेपालको कानुन किन यति कमजोर भएको होला गल्ती गरेपनि सजाय किन नदिएको होला???
जबसम्म फाँसी नामको सजाय हुँदैन तबसम्म यि जघन्य अपराध रोकिदैन
  नेपालमा चेलिको सुरक्षा गर्नु छ भने कानुन बलियो बनाउनुहोस् सजायमा कडाइ होस् र नेताकै आफन्त भएपनि गल्ती गरेपछी सजाय मिल्नुपर्छ किन छोडिनछन् हत्यारा??
यसरी त गल्ती गर्नेलाई झन् मौका मिल्यो त।।।
निर्मला पन्त जस्तो त्यो दर्दनाक घटनाको अझै पनि किन पत्ता लागेन हत्यारा???
जबसम्म हत्यारा आफ्ना भनेर छोडिनछन् तबसम्म यस्ता लाखौ घटनाका सिकार बन्नुपर्छ हामिलाई ।
त्यसैले चाहे आफ्नो होस् या पराई गल्ती गरेकोलाई सजाय हुनुपर्छ
महिला हिंसाको अन्त्य हुनुपर्छ र नारी स्वतन्त्रत भई बाँच्न पाउनुपर्छ ।।।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार