थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिलासहित ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको जनाकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर १ सय ९४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । यो सहित उपचारपछि निको भएर घर फर्किनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । जसमा १ सय ४९ महिला रहेका छन् ।

कोरोनाबाट हालसम्म २३ जनाको मृत्यु भएको छ । २३ औं मृतक गुल्मी छत्रकोटका ६९ वर्षीय पुरुष हुन् । उनको गत असार ५ गते मृत्यु भएको थियो । त्यसपछि गरिएको पीसीआर परीक्षणमा पोजेटिभ आएको थियो ।

हालसम्म कोरोना ७५ जिल्लामा फैलिएको छ । ९४ हजार ९ सय जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार २ सय ३१ जना आइसोलेसनमा रहेका छन् । पाँच सय पाँच जना रेडजोनमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार