संक्रमितको संख्या ८ हजार नाघ्यो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८ महिलासहित ४ सय २६ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ८२ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

७४ जिल्लामा फैलिसकेको कोेरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु नभएको डा. गौतमले बताए । अहिलेसम्म नेपालमा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ सय १६ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म एक हजार चार सय २ जना डिस्चार्ज भएका छन् । १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टिनमा रहेका भन् भने ६ हजार ८ सय ५० जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म एक लाख ६१ हजार ७ सय ४९ वटा पीसीआर परीक्षण भएको छ ।
प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालय व्यवस्थापन शाखा प्रमुख डा. रमेश खरेलले पछिल्लो समय स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको बारेमा बढी चर्चा भएपछि त्यसबारे स्पष्ट पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार