इलाम : सरकारले पहिलो चरण अन्तरगत लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै पुर्बी पहाडी जिल्ला इलाममा चहलपहल बढ्न थालेको छ । सरकारले पहिलो चरण अन्तरगत २१ सेवा खुल्ने निर्णय गरेको थियो, जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत रहेका छन् । यस्ले गर्दा सडकमा सवारी साधनहरू चल्न थालेका छन् भने बजार तथा सडकमा मानिसहरु हिडिरहेका देखिन्छन् ।
कोरोनाको संक्रमणदर तीब्र गतिमा बढ्दै जाँदा थप सजगता अपनाउनुपर्ने हो तर पसल, उद्योग व्यवसायहरु खुल्न थालेका छन् । मानिसको चहलपहल बढेको बढ्यै छ । तर, सामाजिक दूरीलाई कायम गरेको देखिदैन । न हात धोएर समान खरिद बिक्री नै भइरहेको छ । बजार सन्चालनमा आउँदा उपभोक्तालाई केही सहजता महसुस भएपनी कोरोना भाईरस संक्रमणको पनि डर उतिक्कै बडेको छ ।
मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको छ । सार्वजनिक सवारी साधनभने सञ्चालनमा आएका छैनन् । कोरोनाको जोखिम बढे पछि सुरुका केही दिनमा व्यवसायी आफैँले पनि सुनचादी पसल, कपडा ,बिजुली, इलेक्ट्रोनिक्स, हार्डवेर , खाद्यान्न, फलफुल लगायतका पसल बन्द गरेका थिए । तर लकडाउन खुकुलीएसँगै बिस्तारै उनीहरुले अहिले पसल खोल्न थालेका छन् ।
सहज परिस्थितिमा जस्तै बजारहरु सन्चालनमा आएपछी मनिसहरु सरसामान खरिदका लागि इलामका बिभिन्न ग्रामीण भेगबाट समेत उपभोक्ता इलाम बजारमा आउने गरेका छन् । इलाम जिल्लामा सदरमुकाम इलाम बजार सहित फिक्कल, मंगलबारे लगायतका मुख्य बजारहरु खुल्न थालेका हुन ।