प्रदेश १ सरकारद्वारा ४० अर्व ८९ करोडकाे बजेट प्रस्तुत

  नयाँ बुलन्द
0 Shares

इटहरी : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका २०७७/७८ को लागि कुल ४० अर्व ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेकाे छ । साेमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा आर्थिक वर्षका २०७७/७८ को बजेट पेस गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्छ ।

कुल बजेट मध्ये चालूतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९% बजेट छुट्टिएको छ भने पुँजीगततर्फ २१ अर्व ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३.७१% रहेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ ४ करोड र अन्तर सरकारी वित्त हस्तान्तरणमा लागि रु.२ अर्व ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

बजेटको स्रोतकोमा आन्तरिक स्रोतबाट ४ अर्व ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्व ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्व ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्व रहने उल्लेख छ । त्यसैगरी स्रोतबाट नपुगेको रकम ५ अर्व रकम नेपाल सरकार सँग ऋण लिने बटेजमा प्रस्तुत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार