नयाँ बुलन्द डटकमका सम्पादक गम्भीर घाईते

  नयाँ बुलन्द
0 Shares

इलाम : नयाँ बुलन्द डटकमका सम्पादक रामकुमार लिम्बू (योङहाङ) आईतबार बिहान मोटरसाईकल दुर्घट्नामा परी गम्भीर घाईते भएका छन् ।

समाचार सङकलनका लागि इलाम सदरमुकामबाट देउमाई नगरपालिकाको मंगलबारेतर्फ जाँदै गरेका लिम्बू बिहान करिब ९ बजे मंगलबारे नजिकै मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

आफैले चलाएको मे ६ प ६६३२ नम्बरको मोटरसाइकल सडकको खाल्डोमा परी अनियंत्रित भई दुर्घटना हुँदा उनी घाइते भएका हुन् ।

लिम्बूको छातीमा गम्भीर चोट लागेको छ ।

घाईते लिम्बूको इलाम अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बि एन्ड सी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको भाइ सुरेश लिम्बूले जानकारी दिएका छन् ।

लिम्बू नेपाल पत्रकार महासघ इलाम शाखाका सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) इलामका अध्यक्ष, लिम्बू पत्रकार सघका केन्द्रीय कोषाध्यक्ष र प्रेस नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार