सेटलाइटबाट रेडपाण्डाको अनुगमन

  नयाँ बुलन्द  117 पटक हेरिएको

इलाम : रेड पाण्डा लोप गराउन भूमिका खेलिरहेका पक्षहरुबारे पत्ता लगाउन पाण्डा संरक्षणकर्मीहरु नेपालको हिमाली भेगमा सेटलाइट अनुगमन गरिरहेका छन् ।

नेपालको पूर्वी पहाड र दक्षिणी चीनका स्तनधारी जनावरहरु खतरामा देखिएका छन् । यहाँका स्तनधारी जनवारहरुको केही हजार संख्या घटेको छ ।

कञ्चनजंघा हिमाल आसवास रहेका रेड पान्डाहरुको अवस्थिति अनुगमन गर्न १० वटा रेड पान्डाहरुमा जिपिएस कलर जडान गरिएको छ ।

जिपिएस कलरले रेड पान्डाबारे राम्ररी कार्य गरिरहेको र उत्साहजनक तत्थ्यांक संकलन गरिरहेको बताइन्छ । ६ वटा पोथी र चारवटा भाले रेडपान्डाबारे अनुगन र फोटो लिने कार्य भइरहेको छ । सरकारी अधिकारी, पशु चिकित्सक र रेडपन्डा नेटवर्कले संयुक्त रुपमा सो कार्य गरिरहेका छन् ।

‘यो कार्य रेड पान्डा संरक्षणका निम्ति ठूलो कोसेढुङगा हो’, नेपाल वन तथा भू—संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने ।
जिपिएस जडान गरिएको १० पन्डालाई स्थानीय मानिसको जस्तै नामहरु दिइएको छ । पान्डाहरुलाई पारु, डोल्मा, चिन्तापु, मेचाचा, भूमो, सेनेहाङ, निङमा, ब्रिन, निनाम्मा र प्रलादेवी नाम दिइएको छ ।

धर्के पुच्छर भएकाले रेडपान्डालाई शुरुमा अमेरिकामा पाइने राकुन प्रजातिको स्तनधारी जनवारको रुपमा लिइन्थ्यो । यसलाई पछिबाट भालुका प्रजातिका रुपमा लिइयो । हाल रेड पान्डालाई बेग्लै प्रजाति र विश्वमा अत्यन्तै लोपको खतरामा रहेको स्तनधारी प्राणीको रुपमा लिइन्छ ।

आवसका निम्ति वन र खानाको रुपमा रहेको बाँसको टुसा कमी हुनुले पन्डामा ठूलो समस्या सिर्जना गरेको छ । नेपालका पान्डा संरक्षणकमीहरुको आशा छ— एक वर्षको अध्यायनपछि पान्डा संरक्षणसम्बन्धी महत्वपूर्ण तत्थ्यांक आउने र पान्डा राम्ररी संरक्षण गर्न सहयोग गर्नेछ ।

-विविसीबाट सम्पादित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार