इलामका पत्रकारको स्वाब संकलन (भिडियो सहित)

  नयाँ बुलन्द  309 पटक हेरिएको

इलाम : विश्व कोरोना (कोभिड-१९) को महामारीबाट गुज्रिरहेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने इलामका पत्रकारहरुको स्वाब संकलन गरिएको छ । जिल्लामा रहेर कोरोना महामारीको स्थलगत समाचार संकलनमा खटिएका पत्रकारको काेराेना परीक्षणका लागि स्वाव संकलन  गरिएको नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुसेलीले जानकारी दिए ।

जिल्लाका क्रियाशिल १५ जना पत्रकारको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएकाको रिपोर्ट आउन केही दिन लाग्ने स्वास्थ कार्यालयले इलामले जनाएको छ । संकलन गरिएको स्वाब परीक्षणका बिराटनगर पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृज कुमार दासले जानकारी दिए ।

बुधवार स्वास्थ्य कार्यालय इलामकाे अायाेजनामा इलाममा पत्रकार, सुरक्षाकर्मी , सफाईकर्मी र जिल्लाकाे  सदरमुकाममा रहेको क्वारेनटाईनमा रहेका गरी जम्मा ६० जनाको स्वाब संकलन गरिएको थियाे ।

भिडियो :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार