आइपासकाे कोभिड सहयोग इलाममा पनि

इलाम : आइपास नेपालले इलाम जिल्लामा कोरोना भाइरसवाट सर्ने सम्भावित संक्रमणवाट स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरेको छ । गुणस्तरीय सुरक्षित गर्भपतन सेवालाई समुदाय स्तरका स्वास्थ्य

चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरुस्तरवाट सञ्चालन गर्न विगत ५ वर्ष देखि आइपास नेपालले इलाम जिल्लामा सहयोग गर्दै आएको छ । जिल्लामा हाल १२ वटा सरकारी स्वास्थ्य संस्थावाट सुरक्षित गर्भपतन सेवा सञ्चालन भइरहेको छ । उक्त संस्थाहरु सवैलाई र त्यस स्वास्थ्य संस्थाअन्तरगतकामहिला स्वास्थ्य स्वयं सेविकाहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्रीहरु प्रदान गरिएको हो ।

संस्थाले सहयोग गरेका सामाग्रीहरुमा स्वास्थ्य संस्थाहरु लाइ पि.पि.ई. सेट, गाउन, आई गगल्स, सर्जिकल माक्स,  ग्लोव्स, हेन्ड सेनिटाइजर, युटिलीटी ग्लोव्स लगायतका सामाग्रीहरु प्रदान गरेको छ भने महिला स्वास्थ्य स्वयं सेविकाको लागि सर्जिकल माक्स, ग्लोव्स र सेनिटाइजर वितरण गरेको छ ।

सहयोग गरिएका सामाग्रीहरु सम्वन्धित पालिकामा हस्तान्तरण गरी पालिका मार्फत स्वास्थ्य संस्थामा जाने व्यवस्था मिलाईएको जानकारी प्रदेश संयोजक केदार भण्डारीले दिए ।

प्रदान गरिएको सहयोगले सुरक्षित गर्भपतन सेवाप्रदायक स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग गर्ने र उनीहरुले समुदायका महिलाहरुलाई सुरक्षित गर्भपतन र परिवार नियोजन जस्तो अति आवश्यक सेवाप्रवाहमा सहज भएको स्वास्थ्य कार्यालयकी पव्लिक हेल्थ नर्स सरिता सुव्वाले वताईन । सहयोग गरिएका स्वास्थ्य संस्थाहरुमा इलाम अस्पताल इलाम, प्राथमिक स्वास्थ्य केन्द्रहरु फिक्कल र मंगलवारे र स्वास्थ्य चौकीहरु मालुरीङटार, साँखेजुङ, जीतपुर, फाकफोक, इभाङ, वाँझो, चुलाचुली, दानावारी, नयाँवजार रहेका छन ।

आइपास नेपालले प्रदेश नं. सरकारलाई १ लाख ९१ हजार वरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ भने सुनसरी, तेह्रथुम, संखुवासभा र इलाम जिल्लाका गरी जम्मा ६० वटा स्वास्थ्य संस्थाहरुलाई करिव १२ लाख ५४ हजार रकम वरावरको गरी प्रदेश १ मा १४ लाख ४५ हजार वरावरको स्वास्थ्य सामाग्री वितरण गरिएको जानकारी संयोजक भण्डारीले दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार