मुर्ती तोडफोडमा संलग्‍नलाई कारवाही गर्न चुम्लुङ इलामको माग

  नयाँ बुलन्द  578 पटक हेरिएको

इलाम : जिल्लाको इलाम नगरपालिका-७ चियाबारी डाँडामा निर्मित लिम्बू समुदायको पहिचान झल्काउने मुर्तिहरु तोडफोड भएको घटनाप्रति किरात याक्थुङ चुम्लुङ इलामले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार एक प्रस विज्ञप्ती जारी गर्दै चुम्लुङले सार्वजनिक सम्पत्तिको रुपमा स्थापित लिम्बू समुदायको पहिचान झल्काउने मुर्ति तोडफोकको घटना नियतवस गरिएको असामान्य र आपराधिक घटना भएको जनाएको छ । चुम्लुङले सो घटनालाई समग्र लिम्बू समुदाय माथिको प्रहारको रुपमा लिएको छ ।

चुम्लुङले तोडफोडमा संलग्नलाई तुरुन्त खोजतलास गरी कानून बमोजिम हदैसम्मको सजायको माग समेत गरेको छ ।

‘सार्वजनिक सम्पत्तिको रुपमा स्थापित लिम्बू समुदायको पहिचान झल्काउने उक्त मुर्ति तोडफोकको घटना नियतवस गरिएको असामान्य आपराधिक घटना हो । यो घटनालाई किरात याक्थुङ चुम्लुङ इलामले समग्र लिम्बू समुदाय माथिको प्रहारको रुपमा लिएको छ’ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमद्वारा हस्ताक्षित विज्ञप्तीमा भनिएको छ, ‘अतः सार्वजनिक सम्पत्ति तोडफोड कार्यमा संलग्न अपराधीहरुलाई तुरुन्त खोजतलास गरी कानून बमोजिम हदै सम्म सजाय गरियोस् भनी सम्बन्धीत पक्ष समक्ष जोडदार माग गर्दछौं ।’

इलाम नगरपालिकाको सहयोगमा भालुढुंङ्गा सामुदायिक पर्यटन प्रबर्धन विकास संस्था इलामले पर्यटन विकासको लागि स्थापना गरेको लिम्बू समुदायको पहिचान झल्काउने मुर्तिहरु गत सोमबार राती अज्ञात समुहले तोडफोड गरेको थियो ।

तोडफोडको घटनाको जिल्लाका विभिन्न सरोकारवाला संघसंस्था तथा पर्यटन व्यवसायहीहरुले निन्दा र भ्रत्सर्ना गर्दै दोषीलाई कडा कारवाही गर्न सम्बन्धित पक्षसँग माग गरिरहेका छन् ।

यस्तो छ विज्ञप्ती :             

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार