बिहीवार बाट इलाम बजार बिहान ७ देखि १२ बजेसम्म खुल्ने

ब्यबसायिको हितका पक्षमा निर्णयहरु

  नयाँ बुलन्द
0 Shares

इलाम : कोरोना भाइरसको माहामारीको समयमा देशकै अर्थतन्त्र डामाडोल भइरहेको छ । ब्यपार ब्यबसाय ठप्प छ । जसले अर्थतन्त्रलाई ठूलो धक्का पुगेको छ । कोरोना माहामारीका कारण देशमा लकडाउन भएको ७२ दिन पुगेको छ । यो अवस्थामा इलामको पनि ब्यपार ब्यबसाय ठप्प छ । यस्तो अवस्थामा इलाम उद्योग बाणिज्य संघ इलामले ब्यसायिको हितका लागि बिभिन्न निर्णय गरेको छ ।

आज इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संघले ब्यबसायिको हितका पक्षमा गरेका निर्णयहरुको जानकारी गराएको छ । संघले गरेको निर्णयका बिषयमा जानकारी गराएको हो । संघका अध्यक्ष इश्वर चिपालुले संघले बार्षिक सदस्यता शुल्कमा दर्ता तथा सदस्यता नविकरण शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको बताए। यस्तै पेशा ब्यबसाय मारमा परेका ब्यबसायिका लागि लकडाउन अवधिभरको २५ प्रतिशत देखि माथि घरभाडा छुटको लागि आव्हान गर्ने, सरकारले बिभिन्न शिर्षकमा लिँदै आएको कर शुल्कमा कम्तिमा १ बर्षसम्म पूर्ण छुट गर्दै उद्योग ब्यबसाय सञ्चालनका लागि नयाँ योजना तथा कार्यक्रम ल्याउन अनुरोध गर्ने लगायतका १३ बुँदै निर्णयहरु गरेको बिषयहरु पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यसैगरी जिल्लामा अब सरकारले घोषित गरेका बाहेकका पसलहरु अब बिहान ७ देखि १२ बजेसम्म खोल्ने निर्णय गरेको छ । ब्यपार ब्यबसाय गर्न हरेक पसलमा सेनिटाइर र हात धुने पानी र साबुन राख्नुपर्ने, ब्यपारीले अनिबार्य मास्क र पञ्जाको प्रयोग गर्नेपर्ने लगायतका आचार संहिता समेत जारी गरेको छ । सरकारले ब्यबसायिको हितका बिपरीत गरेका निर्णयको पनि संघले बिरोध गरेको छ । सरकारले समयसिमा तोकेर कर तिर्न दबाब दिइरहेको अवस्थामा संघले यो अवस्थामा ब्यबसायिले कर तिर्न सक्ने अवस्था नभएको जनाउँदै कर तिर्ने समय सार्नुपर्ने संघका उपाध्यक्ष कृष्ण पौडेलले बताए ।

 

समाचारको शिषर्क यस अघी १ बजेसम्म भएकोमा सच्याईएको छ : सम्पादक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार