रुकुम हत्याकाण्डका दोषी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग

  नयाँ बुलन्द  203 पटक हेरिएको

इलाम : पश्चिम रुकुम हत्याकाण्ड सम्युक्त संघर्ष समिति इलामले रुकुममा भएको अन्तरजातीय विवाहको विषयलाई लिएर जेठ १० मा रुकुम पश्चिममा भएको घटनाका दोर्षिलाई कारबाहिको माग गरेको छ । संघर्ष समिति इलामले इलाम बजारमा निकालेको ¥याली पछिको कोण सभालाई सम्वोधनका क्रममा अमानवीय घटनालाई जातीय विभेदको पराकाष्ठा भन्दै हत्यामा सम्लग्नहरुलाई कारबाहिको माग गरेको हो ।

कोषसभामा नेकपाका भक्त केशी, नेपाली कांग्रेसका जिल्ला सचिव खगेन्द्र देवान, मानव अधिकार मञ्च इलामका देवेन्द्र बिश्वकर्मा लगायतले अझै पनि समाजमा दलितलाई तल्लो जातको भनेर बर्गिकरण गरेको प्रति चिन्ता ब्यक्त गरे। उनीहरुले मन्तब्यको क्रममा निष्पक्ष अनुसन्धान गरी शीघ्र कानुनी कारवाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवश २०७७ को अवसर पारेर गरिएको खवरदारी तथा श्रद्धान्जली सभामा जिल्ला स्थित बिभिन्न राजनिति दलका प्रतिनिधि तथा दलित अगुवाहरुको उपस्थिती रहेको थियो ।  घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अरू ३ जनाको स्थिति अज्ञात रहेको छ । बे

समाजमा जातीय विभेदलाई निर्मूल पार्न संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक, समानताको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन तथा सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिविपरीत घटना घटेको भन्दै चिन्ता ब्यत्त गरे।  सरकारले नेपाललाई छुवाछुत मुक्त दिवश घोषणा गरेको ९ वर्ष पछि पनि खुसी ब्यक्त गर्ने दिनमा श्रद्धान्जलीसभा गर्नु परेको भन्दै यसले समाजमा अझैपनि दलितहरुलाई हेर्ने दृष्टि सामान्य नरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार