सिटिजन्स बैंक माङसेबुङद्वारा इभाङ माविलाई ५० हजार सहयोग

  नयाँ बुलन्द  276 पटक हेरिएको

माङसेबुङ :  इलामको माङसेुङ गाउँपालिका २ इभाङस्थित इभाङ माध्यमिक विद्यालयलाई सिटिजन्स इन्टरनेशनल बैंक माङसेबुङ शाखाले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

मंगलबार इभाङ माविको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रवन्धक हरि खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रकुमार खड्का र प्रधानाध्यापक केन्द्रबहादुर शेर्मालाई संयुक्त रुपमा ५० हजारको चेक हस्तान्तरण गरे ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैंकले विद्यालयलाई सहयोग उपलब्ध गराएको हो ।

ग्रामीण क्षेत्रका बालबालिकामा ईन्टरनेटको पहुँच स्थापना गर्न सहयोग तथा इलाइब्रेरीको स्तरोन्नति गर्न सहयोग गर्ने उदेश्यले विद्यालयलाई सहयोग गरेको नयाँ बुलन्दकर्मी बालकृष्ण बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार