नेपाली कांग्रेस इलामका युवा नेता खड्काद्वारा एम्बुलेन्स चालकलाई पिपिइ सहयाेग

इलाम : नेपाली कांग्रेस इलामका युवा नेता तथा समाजसेबी डम्बर खड्काले इलामका एम्बुलेन्स चालकलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) उपलव्ध गराएका छन । कोरोना संक्रमणको महामारीको बेला एम्बुलेन्स चालकहरु पिपिइको अभावमा सामान्य मास्कको भरमा बिरामीलाई अस्पातल सम्म पुरयाउने काम गर्नु परेको भन्दै पिपिई उपलव्ध गराएको समाजसेबी खड्काले जानकारी दिए ।

विश्व लाई नै चुनौती दिईरहेको भाईरस सँग जुदै मानव जातीलाई सुरक्षित गर्न जीवन दाउमा राखेर खटेका चालकहरुको जीवन रक्षाको लागि सहयोग गरेको उनले बताएका छ्न । खड्काले आठ जना एम्बुलेन्स चालकलाई पिपिई सेट उपलब्ध गराएका हुन । खड्काले आफ्नै कार्यालयमा पद्म कुमारी स्मीर्ति प्रतिषठानका बालकृष्ण गाैतम र इलाम उध्योग बाणिज्य सँघका उपाध्यक्ष दिपेश श्रेष्ठलाई सो सामाग्री हस्तारण गरेका हुन ।

समाजसेबी खड्काले दुखी गरीब असाहय तथा अपाङ्ग बालबालिका ,बृद्धाश्रम, मठ–मन्दिर, पर्यटन, विद्यालय, खेलकुदलगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएका छन । उनले लकडाउनको समयमा यस अघिपनी इलामका नागरिकलाई २५ लाख बराबरको चामल बितरण गरिसकेका छन । उनी समाजसेवा गरेकै कारण ‘राष्ट्रिय सम्मान’ बाट सम्मानित समेत भईसकेका छ्न । खड्का युवा नेता तथा समाजसेवीका रुपमा मात्र परिचित छैनन् उनि इलामका सफल निर्माण ब्यबसायीका रुपमा समेत चिनिन्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार