राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक दर्ता

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेको छ । सोमबार राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् ।

यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गरेको थिएन । त्यतिबेला संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका थिए । सोमबार भने उनले विधेयक दर्ता गरे ।

विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताए । ‘सरकारले पनि अर्को विधेयक दर्ता गरेको छ, सरकारले मान्दैन भने हामीले के गर्ने हो त्यो गर्छौं’ उनले भने ‘हाम्रो मानेन भने उनीहरुको मान्न बाध्य हुन्नौं ।’

नेता कर्णले आफूहरुको विधेयकलाई नेपाली कांग्रेसले पनि समर्थन गर्नुपर्ने बताए । ‘उहाँहरुले पनि हस्ताक्षर गर्न आउनुपर्थ्यो, आउनुभएन । उहाँहरुले चाहनुहुन्छ भने अर्को विधेयक दर्ता गर्न सक्नुहुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार